८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बीबीसीको शक्तिशाली १०० महिलाको सूचीमा नेपालकी बोनिता शर्मा

अ+ अ-

काठमाडौं । नेपालकी बोनिता शर्मा सन् २०१९ को शक्तिशाली १०० महिलाको सूचीमा परेकी छन् । बीबीसीले तयार पारेको यसवर्षको शक्तिशाली महिलाको सूचिमा २७ वर्षीय शर्मा पर्न सफल भएकी हुन् । उनी पोषण सुधार अभियन्ता हुन् ।

बिबिसीले पृथ्वी, ज्ञान, नेतृत्व, रचनात्मकता, खेल तथा परिचय गरी ६ वटा क्याटेगोरीमा विभाजन गरी १०० महिलाको सूची सार्वजनिक गरेको थियो सो सूचिमा बोनिता शर्मालाई ज्ञानको क्याटेगोरीमा राखिएको छ ।

100 women top illustration

बोनितालगायतको टोलीले ‘सोचाइ’ (सोसल चेन्जमेकर्स एन्ड इनोभटर्स) नामक संस्था स्थापना गरी नवीनतम सिर्जना, शिक्षा र सामाजिक उद्यमशीलतार्फत पोषण र स्वास्थ्य सुधारमा केन्द्रित भएर काम गरिरहेको छ। सन् २०१६ देखि सक्रिय रुपमा काम गर्दै आएको संस्थाले यही जेठ पहिलो साता मात्रै कम्पनी दर्ता गराएको थियो।

बोनिता र उनको संस्थाले अगाडि ल्याएको ‘पोषण र महिनावारी माला’का कारण छोटो समयमै उनीहरुको कामको प्रभाव देखिन थालेको थियो ।

बोनिता र उनको संस्था ‘सोचाइ’ले ‘लिड २०३० च्यालेन्ज’ पुरस्कारसमेत यसै वर्ष पाएको छ । दिगो विकास लक्ष्य नं २ को भोकमरी विधाअन्तर्गत १ सय देशका १२ सय प्रतिस्पर्धीलाई पछि पार्दै ‘सोचाइ’ले ५० हजार अमेरिकी डलर पुरस्कार जितेको थियो।

दिगो विकास लक्ष्यप्राप्तिका लागि ‘वन योङ वर्ल्ड’ को विश्व प्रतिष्ठित ब्रान्डहरुसँगको सहकार्यमा लिड २०३० प्रतियोगिताको आयोजना गरिएको थियो। यसका लागि विश्वभरका युवाहरुले दिगो विकास लक्ष्य प्रगतिका लागि गरिरहेको कामको खोजी गरिएको थियो। जसमा सोचाइ पनि सहभागी भएको थियो । यस वर्ष महिलाहरुले गरेका कार्यले भविष्यमा विश्वलाई महिलाहरुले नेतृत्व गरे कस्तो रहला भन्ने स्पष्ट संकेत गरेको बिबिसीले जनाएको छ।

यस वर्ष महिलाहरुले गरेका कार्यले भविष्यमा विश्वलाई महिलाहरुले नेतृत्व गरे कस्तो रहला भन्ने स्पष्ट संकेत गरेको बिबिसीले जनाएको छ।

युद्ध, विज्ञान, वातावरण, खेल, राजनीतिलगायतका क्षेत्रबाट एक सय शक्तिशाली महिलाको सूची तयार गरिएको हो। पोषण सुधार अभियन्ता बोनितालाई चुलोचौकोमा मात्रै केन्द्रित नभई निर्धक्कसँग बालिका तथा महिलाहरुले पनि शिक्षा हासिल गर्नुपर्छ भन्ने भावना जगाउँदै महिला तथा बालिकाको शिक्षा तथा सशक्तिकरणमा गरेको योगदानको कदर गर्दै बिबिसीले उक्त सूचीमा राखेको हो।

कुपोषणविरुद्ध लडिरहेका बालबालिकाप्रति केन्द्रित रहँदै बोनिता र उनको संस्था ‘सोचा’ले ‘पोषण माला’को सोच अघि ल्याएको छ। शिशुहरुलाई कुन समयमा कस्तो खाना खुवाउने भन्ने सम्बन्धमा यो मालाले सहजीकरण गर्दछ। जसमा फरक खानाका लागि फरक रङको माला प्रयोग गरिएको छ। रचनात्मकताबाट स्वास्थ्य, शिक्षा तथा पोषणमा क्षेत्रमा उनले चालेको कदमले आगामी समयमा निक्कै प्रभाव पार्न सक्ने भन्दै बिबिसीले उनलाई उक्त सूचीमा राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस