७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण बहुआयामिक महत्व : अध्यक्ष थापा

अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण नेपालका लागि बहुआयामिक महत्वको बन्न पुगेको बताएका छन् ।

अध्यक्ष थापाले दैवी प्रकोप, नाकाबन्दीलगायत समस्याबाट नेपाली जनताले कष्ट भोगिरहेको अवस्थामा चीनसँगको दीर्घकालीन आर्थिक विकासको नयाँ खाका खोल्ने सरकारको प्रयासकोे सराहना गरे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चाडपर्वका अवसरमा आज काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा सरिक हुने क्रममा पत्रकारसँग कुरा गर्दै अध्यक्ष थापाले छिमेकी मुलुकसँगको रेल, तेल, बिजुली र पारबहनको सम्बन्ध भनेको नेपालको ‘पहिचानका लागि रणनीति’ हो भने ।

नेपालका राजनीतिक दलहरुबीच विभिन्न किसिमका मतभेद भए पनि आत्मियता र सद्भाव कायम राखेर शुभकामना आदानप्रदान गर्ने संस्कृति परम्परादेखि चलिआएको उल्लेख गर्दै अध्यक्ष थापाले यस्तै किसिमको सद्भाव र एकता कायम राखी मुलुकको विकास, राष्ट्रियताको संरक्षण र समृद्धिका लागि मिलेर जानुपर्ने आवश्यकता औँल्याए ।

अरू देशको तुलनामा नेपालका पार्टीहरु बीच जतिसुकै समस्या भए पनि शान्तिपूर्ण रुपमा समस्या समाधान गर्ने चरित्र नेपाली नेताहरुमा रहेकाले यो एकतालाई मुलुकको सर्वाङ्गिण हित र आवश्यकतामा प्रयोग गर्नुपर्ने उनको भनाइ थियो । अध्यक्ष थापाले विचार र मार्गचित्र हरेक दलको फरक हुने भए पनि मुलुकको मूलभूत विषयमा एकता र समझदारी भए देश र प्रजातन्त्र बलियो हुने तर्क गरे ।

दुई तिहाइ बहुमत रहेको सरकारले मुलुकको शान्ति, स्थायित्व र आर्थिक विकासमा ठूलो प्रगति हुन नसकेको जिकिर गर्दै थापाले सरकारले केही राम्रा काम गरेको भन्दै प्रशंसा गरे ।

प्रतिक्रिया दिनुहोस