८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समृद्ध नेपाल निर्माणका लागि एकता आवश्यक : मुख्यमन्त्री गुरुङ

अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्ध नेपाल निर्माणका लागि सबैको एकताबद्ध प्रयास आवश्यक रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले बडादशैँ, तिहारलगायतका चाडपर्वका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सरकारका नकारात्मक कामको प्रचार बढी र सकारात्मक कामको प्रचार कम भइरहेको बताए ।

संघीयता कार्यान्वयनका क्रममा रहेको उल्लेख गर्दै उनले संघीयताको मर्मलाई बल पुग्ने किसिमबाट सकारात्मक तबरले सञ्चारकर्मीले सहयोग गर्नुपर्ने धारणा राखे । उनले संघीय सरकारको केन्द्रीकृत सोचका कारण अझै पनि संघीयता कार्यान्वयन गर्न कठिनाइ भएकोे गुनासो गरे ।

संघीयताको कार्यान्वयनका लागि उच्चस्तरीय राजनीतिक कार्यदल बन्नुपर्ने उनको जोड थियो । देशमा कानूनी राज्य स्थापित भएको बताउँदै उनले समाजका विकृति, विसङ्गति र भ्रष्टाचार विरुद्धमा कलम चलाउन आग्रह गरे । मुख्यमन्त्री गुरुङले जग्गा प्राप्तको अधिकार प्रदेश सरकारमा नहुँदा विकास निर्माणमा कठिनाइ भएको बताए ।

गण्डकी प्रदेशका आथिक मामिला तथा योजनामन्त्री किरण गुरुङले मागेर कुनै व्यक्तिको जीवन र कुनै देशको प्रगति नहुने बताए । छिमेकी राष्ट्रका कुनै प्रमुख नेपाल आउँदा देशले के पाउने र के दिनेभन्दा पनि उनीहरुसँग हाम्रो सद्भाव, सम्बन्ध कस्तो हुन्छ त्यसतर्फ केन्द्रित हुनुपर्ने उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले विकासका लागि निजी क्षेत्र र सरकारबीच समन्वय आवश्यक भएको बताउँदै लगानी योग्य उत्पादनशील योजना सरकारले छनोट गरी निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याए ।

महासंघ गण्डकीका कार्यवहाक अध्यक्ष शान्ति गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, गण्डकी प्रदेशका विकास समितिका सभापति दीपक कोइराला, सञ्चारिका समूह गण्डकी प्रदेश अध्यक्ष स्मीता अधिकारी, गणेश पौडेललगायतले नेपालीका ठूला चाडवार्डले एक आपसमा सद्भाव, भाईचारा अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस