१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुनै अलमलविना शान्ति, स्थिरता र सुशासनको बाटोमा : मुख्यमन्त्री राई

अ+ अ-

काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ‘समृद्घ नेपाल, सुखी नेपाली’को यात्रा तय भइसकेकाले कुनै अलमलविना देश शान्ति, स्थिरता र सुशासनको बाटोमा हिँडिरहेको बताएका छन् ।

आज यहाँ भोजपुरे सेवा समाज, काठमाडौँले आयोजना गरेको देउसी, भैलो तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री राईले आफ्नो प्रदेशले पनि स्वच्छ, सुखी र समुन्नत प्रदेशको लक्ष्य लिएर सोहीअनुसार काम गरिरहेको बताए ।

उनले हाम्रो यात्रा गति अलि धीमा भए पनि कानून र प्रशासनिक संरचना निर्माणमा समय लागेकाले यसलाई अन्यथारुपमा लिननहुने पनि बताए । समाजका अध्यक्ष पासाङदोर्ची शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश १ सरकारले स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गरेर प्रदेशमा समृद्घि ल्याउने पनि बताए । यसका लागि आफूहरुले कानून निर्माण गरिसकेको पनि उनले बताए।

उनले विश्वमा जहाँसुकै बसेका भए पनि भोजपुरवासीले आफूले सिकेको सीप प्रदेश १ निर्माण र देश निर्माणमा लगाउन पनि आह्वान गरे । मुख्यमन्त्री राईले भोजपुरमा पनि विस्तारै मध्यपहाडी राजमार्ग कालोपत्र गर्ने र विमानस्थल–भोजपुर मार्ग कालोपत्र गर्ने काम भइरहेको बताए ।

त्यस्तै भोजपुरमा रङ्गशाला, टेम्केमा भ्यूटावर निर्माण, अरुण, दूधकोशी आदि नदीमा भोजपुर जोड्ने ठूला पुलका योजना रहेको पनि उनले बताए । कार्यक्रममा नेकपा नेता प्रदीप नेपाल, मुकुन्द न्यौपाने, पूर्वमन्त्री शङ्करप्रसाद कोइराला, नेकपा प्रदेश नं १ का अध्यक्ष देवराज घिमिरे, समाजका पूर्वअध्यक्ष दयाकृष्ण न्यौपाने, समाजका अध्यक्ष शेर्पालगायतले आउन लागेका तिहार, छठ, नेपाल संवत्को नयाँ वर्ष, उधौली र ल्होसार आदिको शुभकामना दिएका थिए ।

कार्यक्रममा कलाकार व्रत गन्धर्वले सारङ्गी धुनसहित गीत प्रस्तुत गरेका थिए भने कलाकार राजा राजेन्द्र पोखरेल, श्रीकृष्ण सिंखडाले हास्यव्यङ्ग्य, गायक कृष्ण समीप, गायिका लीला राई, गायक भीषण मुकारुङ र राजसागर आदिले गीत तथा विभिन्न कलाकारले आकर्षक देउसी–भैलो प्रस्तुत गरी समारोहलाई पूर्वेली लोकसंस्कृतिले उल्लासपूर्ण बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस