१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रजातान्त्रिक हकअधिकार सङ्कुचन गर्न खोजियो : सभापति देउवा

अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार प्रजातान्त्रिक तरिकाबाटै निर्वाचित भए पनि प्रजातान्त्रिक हकअधिकारलाई सङ्कुचन गर्न खोजेको आरोप लगाएका छन् ।

पार्टीको भ्रातृ संस्था नेपाल तरुण दलले आफ्नो स्थापनाको ६६औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षा र राष्ट्रिय एकता तथा अखण्डतालाई अक्षुण्ण राख्न तरुण दल र विद्यार्थीको काँधमा महत्वपूर्ण जिम्मेवारी आएको बताए ।

सभापति देउवाले भने, ‘प्रजातन्त्रमा सबैभन्दा महत्वपूर्ण विषय विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, वाक स्वतन्त्रता, सम्पत्तिको हक, स्वाभिमानका साथ निर्धक्कसँग बाँच्न पाउनेलगायत हक हुन् । यसमा षडयन्त्र हुन लागेको छ । त्यसविरुद्ध लड्न सम्पूर्ण युवा तरुणको भूमिका महत्वपूर्ण हुन्छ ।

अब तपाईंहरुको काँधमा बढी जिम्मेवारी आएको छ ।’ लोकतन्त्रको रक्षा र सुदृढीकरणमा तरुण दल ठूलो उत्साहका साथ लागेको भन्दै उनले तरुण दलको नेतृत्वको प्रशंसासमेत गरे । साथै उनले भोलिका दिनमा आउने थप चुनौतीको सामना गर्न तरुण दललाई अझ सशक्त र जुझारु सङ्गठन बनाउन सुझाव दिए ।

तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले मुलुकका सबै ठूला आन्दोलन कांग्रेसकै नेतृत्वमा सफल भएको र नेपालको संविधान पनि कांग्रेसकै नेतृत्वमा जारी भएको उल्लेख गर्दै कहीँ कतैबाट पनि संविधान मिच्ने काम भयो भने त्यसविरुद्ध तरुण दल सडक आन्दोलनमा उत्रिने चेतावनी दिए । तरुण दलका कोषाध्यक्ष विद्वान गुरुङले मुलुकमा भ्रष्टाचार, अनियमितता र कालोबजारी बढेको र शान्ति सुरक्षा पनि प्रभावकारीरूपमा कायम हुन नसकेको भन्दै त्यसविरुद्ध तरुण दलले सशक्त आवाज उठाउने बताए ।

कार्यक्रममा कांग्रेसका शीर्ष नेता, केन्द्रीय सदस्यहरुका साथै पार्टी र तरुण दलका नेता कार्यकर्ताको ठूलो सङ्ख्यामा उपस्थिति थियो । तरुण दलको स्थापना विसं २०१० कात्तिक १० गते भएको हो ।

प्रतिक्रिया दिनुहोस