१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाङ्मय शताब्दी पुरुष जोशी सम्मानित

अ+ अ-

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्मजयन्तीका अवसरमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान गरिएको छ ।

नयाँबस्ती युवा क्लबले जोरपाटीस्थित महाकवि देवकोटा उद्यानमा आज आयोजित कार्यक्रममा साहित्यकार कञ्चन पुडासैनीले जोशीलाई रु ५ हजार ५५५ सहित अभिनन्दनपत्र र दोसल्ला ओढाइ सम्मान गरेका हुन् । संस्कृतिविद् जोशीले सांस्कृतिक अन्वेषणमा पुर्‍याएको योगदानको कदर गर्दै सांस्कृतिक बाजागाजासहित उनलाई सम्मान गरिएको हो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले नगरपालिकाले साहित्यिक क्षेत्रको प्रवर्द्धनका लागि उल्लेखनीय काम गरेको बताए । सात साहित्यिक संस्थालाई रु १० लाखका दरले गतिविधि गर्न नगरपालिकाले सहयोग गरेको उनले बताए ।

‘नगरपालिकामा यसै वर्ष अन्तर्राष्ट्रियस्तरको कवि गोष्ठी गरिँदैछ, त्यसका लागि रु १० लाख विनियोजन गरेका छौँ, कार्यक्रम आगामी पुसमा आयोजना हुँदैछ, सबै साहित्यिक संस्थालाई एकै किसिमको सहयोग गरिएको छ’, उनले भने ।

नगरपालिकाको नयाँबस्ती क्लब मात्र ‘बी’ डिभिजनमा पुगेकाले यसका लागि विशेष बजेट विनियोजन गरिएको नगरप्रमुख चालिसेले जानकारी दिए । हाल क्लबलाई रु १० लाख वार्षिकरूपमा बजेट उपलब्ध गराएको छ । क्लब ‘ए’ डिभिजनमा बढुवा भए वार्षिक रु २० लाख उपलब्ध गराउने उनले घोषणा गरे ।

कैलाशकुट भवन उत्खनन् गर्न माग

सम्मानित व्यक्तित्व जोशीले वंशावलीमा गोकर्णेश्वरमै सातौँ शताब्दीको अंशुवर्माकालीन कैलाशकुट भवन रहेको उल्लेख भएकाले उत्खनन् गर्नुपर्ने बताए । भवनको जग गोकर्णेश्वर महादेव मन्दिर आसपासकै क्षेत्रमा हुन सक्ने उनको भनाइ थियो ।

सो अवसरमा जोशीले महाकवि देवकोटाले घण्टाघरस्थित भाषानुवाद परिषद्को कार्यालयमा बसेर शाकुन्तल महाकाव्य रचना गरेको बताए । शाकुन्तल महाकाव्य रचना गरेवापत महाकवि देवकोटाले त्यसबेला रु ५०० पारिश्रमिक पाएको संस्कृतिविद् जोशीले सुनाए । त्यसबेलाको मोहर देवकोटा आफैँले बोकेर गएको आफूले देखेको पनि उनले सो अवसरमा जानकारी दिए । मानवअधिकार तथा शान्ति समाजका सभापति उत्तम पुडासैनीले जोशी विगत र वर्तमान जोड्न युगपुरुष भइकन वैचारिकरूपमा युवाको जस्तो सोच भएको व्यक्तित्व हो भने ।

कार्यक्रममा साहित्यकार पुडासैनी, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसाल, नगरपालिका वडा नं ५ र ६ का वडाध्यक्ष क्रमशः नारायणबहादुर सुवेदी र रमेश अर्याल, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेता पुण्यप्रसाद चौलागांई, क्लबका अध्यक्ष सुभाष पुडासैनी, उपाध्यक्ष राजकुमार तामाङ, सचिव चन्द्रमणि गौतम, कोषाध्यक्ष राजेन्द्र खनाल, पूर्वअध्यक्ष श्रीबहादुर योगीलगायतले देवकोटाले नेपाली साहित्यमा पुर्‍याएको योगदानको चर्चा गरे ।

उद्यानमा रहेको देवकोटाको अर्धकदको शालिकमा सो अवसरमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा कविहरु नवराज पुडासैनी ‘ज्योत्स्ना’, गोपालकृष्ण रिजाल, कविन्द्र पुडासैनी, पवनकुमार सङ्ग्रौलालगायतले महाकवि देवकोटा एवम समसामयिक विषयमा लेखिएको रचना पाठ गरेका थिए । सो अवसरमा बौद्धिक अपाङ्गता भएका व्यक्तिको हितमा कार्यरत ‘नयाँ जीवन’ नामक संस्थालाई रु पाँच हजार ५५५ सहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस