१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लक्ष्मीपूजामा धन हुनेलाई मन र मन हुनेलाई नेपालीपन पाओस् भनेर प्रार्थना गरेको थिएँ -पूर्व राजा शाह

अ+ अ-

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले लक्ष्मीपूजामा आफूले धन हुनेलाई मन पाओस् र मन हुनेलाई नेपालीपन पाओस् भनेर प्रार्थना गरेको बताएका छन् ।

बहिनी शोभाराज्यलक्ष्मी शाहीबाट भाइटिका ग्रहण गरिसकेपछि संचारकर्मीहरुसँग कुरा गर्दै पूर्व राजा शाहले दसैँका बेला आफूले दिएको सन्देश फेरि सबैलाई मनन गर्न आग्रह गर्दै सो कुरा उल्लेख गरेका छन् ।

‘केही दिन अघि हामीहरू सबैले लक्ष्मीपूजा मनाएका थियौँ’ पूर्व राजा शाहले भने, ‘धेरैले भएको धन नमासियोस् भनेर प्रार्थना गरे होलान् कतिले भएको धन अझ वृद्धि होस् भन्ने अभिलाषा राखे होलान् र मैले चाहिँ धन हुनेलाई मन पाओस् र मन हुनेलाई नेपालीपन पाओस् भनेर प्रार्थना गरेको थिएँ ।’

उनले सोही दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्झना गरेको पनि स्मरण गरेका छन् । ‘मलाई हाम्रो कवि वर लक्ष्मीप्रसाद देवकोटाको पनि सम्झना आएको थियो । उहाँले लेख्नुभएको कुरा थियो । सुख भनेको के हो ? र उहाँले नै जवाफ दिनुभएको छ ।’ उनले भने, ‘आफैलाई नै मेटिएर भए पनि अर्काको सुख गर्नु नै सुख हो । यही भावना हामी सबैमा छाओस् यही विचारले हाम्रो जिन्दगी राम्रो र सुख शान्तिसँग बस्न पाओस् भनेर मेरो कामना छ’

पूर्व राजा शाहले परिवर्तन हुँदा खेरीका दुई कुरालाई महत्त्व दिन आग्रह गरेका छन् ।

‘जुनसुकै पनि परिवर्तन हुँदा खेरी दुइटा महत्त्वपूर्ण कुरा हुनुपर्छ । एउटा प्रवृत्ति र अर्को विकास’ उनले भने, ‘यी दुइटा कुरालाई मनन गरेन र बुझेन भने पविर्तनको माने हुँदैन, परिवर्तनकर्ताहरुलाई अप्ठ्यारो पर्न सक्छ ।’

विकास भनेको सर्वसाधारणले सजिलोसँग सरल ढङ्गले अनुभव गर्नुपर्ने कुरा भएकोसमेत पूर्व राजा शाहको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस