७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीलंका–अस्ट्रेलिया टी२० क्रिकेट, श्रीलंकाले ब्याटिङ रोज्यो

अ+ अ-

ब्रिसबेन । अस्ट्रेलिया विरुद्धको दोस्रो टी२० क्रिकेट प्रतियोगिता अन्तर्गत ब्रिसबेनस्थित गाब्बा रंगशालामा श्रीलंकाले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।

अस्ट्रेलियाले आइतबार खेलिएको पहिलो टी२० खेलमा श्रीलंकालाई १३४ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । यस खेलमा अस्ट्रेलियाका प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नरले शतक बनाएका थिए ।

गाब्बाको पिचमा पनि अस्ट्रेलियालाई नै फाइदा पुग्ने जानकारहरुले बताएका छन्। अस्ट्रेलियाली टिम तिब्र गतिका बलर मिचेल स्टार्क बिना खेल्दैछ । उनको स्थानमा बिल्ली स्टानलेकले मौका पाएका छन् ।

पछिल्ला केही वर्षदेखि श्रीलंकाली टिमको प्रदर्शन खासै राम्रो छैन । तर पछिल्लो पटक पाकिस्तान विरुद्धको टी२० खेलमा श्रीलंकाले तीनै खेल जितेको थियो ।

श्रीलंकाले १० ओभरको खेल सकिँदा ४ विकेटको क्षतिमा ६५ रन बनाएको छ । श्रीलंकाका गुनथिलका (२१), मेन्डिस (१), फर्नान्डो (१७) र डिकवेल्ला (५) आउट भइसकेका छन् ।

अस्ट्रेलियाली टिममा आरोन फिन्च, डेभिड वार्नर, स्टिभ स्मिथ, ग्लेन म्याक्स्वेल, आस्टोन टर्नर, अलेक्स क्यारी, आस्टोन अगार, प्याट क्युमिन्स, बिल्ली स्टानलेक, केन रिचार्डसन र एडम जाम्पा रहेका छन् ।

यसैगरी श्रीलंकाली टिममा अभिष्का फर्नान्डो, दानुश्का गुनथिलका, कुसल मेन्डिस, कुसल परेरा, दासुन शानाका, निरोशान डिकेवेल्ला, वानिन्दु हासाराङ्गा, लक्षण सन्दाकान, नुवान प्रदीप, लसिथ मालिङ्गा र इसुरु उडाना रहेका छन् ।रासस/एएफपी

प्रतिक्रिया दिनुहोस