१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्युठानको सराय नाच र संस्कृति

अ+ अ-

प्युठानमा तिहार पछि हुने राम(मेला)हरु अत्यन्त रोमाञ्चिक र वैभवशाली छन् । तिहारको भोलीपल्टै डल्लेरामको ऐतिहासिकता एकातर्फ छ भने अर्कोतर्फ रोमाञ्चकता मनोरञ्जन पनि छ । भुरेटाकुरे राजाहरु मध्ये भित्रिकोटका राजा पनि एक हुन् । प्युठानमा सेन राजा भन्दा अगाडि जाटराजा पनि रहेको पाइन्छ । जाटराजाले जनतालाई निकै दुःख दिएकोले उसलाई राक्षसको अवतारको रुपमा र सेन राजालाई मानव अबतारको रुपमा बर्णित गरिएको छ ।

जाट राजाले प्रत्येक दिन मानिसको भोग खाने भएकोले कुन बेला कसले राजाको कोप भोजनबाट बचिने हो भन्ने सवालमा चिन्तित थिए । यसरी चिन्तित नागरिकको अगुवाई सेनराजाले गर्न पुगे र नरभक्षी जाट राजालाई मारे । यसैको खुशियालीमा छिमेकी गाउँबाट युद्ध कौसलकासाथ खुँडा, तरवारहरु लिएर जाटराजाको मृत्यु भएको स्थानमा बाजागाजा सहित मानिसहरुकै भिडबाट नाच्दै रमाउँदै जाने कार्यलाई नै सरायँ नाच भन्ने गरिएको हो ।

डल्लेको मेलामा नजिकैको गाउँबाट सरायनाच लैजाने परिपाटीलाई छिमेकी गाउँका तत्कालिन अवस्थाका भद्र भलादमीहरुले पनि आफ्नो नजिकका गाउँहरुमा मेला लगाउन थाले र त्यहाँ पनि सराय नचाउने गरेको कुराहरु वर्तमान अवस्थामा संस्कृतिकै रुपमा अगाडि बढदै छ । हरेक राममा सराय नाच देखाइन थालिएको छ । सराय नाच पञ्चे बाजाको तालमा मानिसहरुको भिडमा नाङ्गो तरवार लिएर ओख्खै गर्दै नाचिने हुनाले यसको मौलिकता लोभलाग्दो छ ।

जुन काल खण्डबाट यो अवस्था श्रृजित थियो त्यो कालखण्डलाई आधुनिकताको नाममा भएका अन्य संस्कृतिले यसलाई ओझेल पार्न खोजेको आभाष पनि भयो । तर २०७० को संविधानसभाको निर्वाचनमा निर्वाचित प्रतिनिधि बामदेव गौतमले यसको जगेर्नाको लागि केही रकम विनियोजित गरेपछि डल्ले सरायको संस्कृतिले केही राहतको महशुस गरेको छ । अहिले डल्लेमा विभिन्न गाउँपालिका र प्युठान नगरपालिकाबाट प्रतियोगितात्मक सराय नाच नाच्ने गरिएको छ तर सराय नाचलाई मुल्याङ्कन गर्दा युद्धकौषललाई मात्र नियालिएको छ जसले समग्र सरायनाचको अवस्थालाई एकाकार गर्न सकेको पाइँदैन ।

मुल्यांकनकर्ताहरुको सोच बहुकोणमा जान सकेको पाइँदैन । मुल्यांकन संकिर्णतामा होइन, फराकिलो हुन जरुरी छ ।

यस जिल्लामा डल्ले रामको अर्को दिन बडारपाटा (चितिखोला) को मेला, र अर्को दिन शिवालयको मेला पनि रहने गरेको छ । यि सबै मेलामा सराय नाच प्रमुख आकर्षणको रुपमा लिने गरिएको छ । विगतमा यि तीनवटै मेलाहरुमा सरायनाचका अलावा, चर्खे पिङ, सरङ नाच, पुरुसुङ्गे नाच, माडिखोले नाच, सोरठी नाच, भैलो आदि विविध तरिकाले यसलाई राम्रो गराइएको थियो तर वर्तमान अवस्थामा सराय नाच भन्दा अन्य संस्कृतिको जगेर्ना गर्न यहाँका प्रतिनिधिहरु सक्षम देखिदैनन् । संस्कार र संस्कृति मरेको बेलामा कपाल खौरने, मन्दिरमा भाकल लिएर बलि दिने, बलिको मासुमा झुम्मिने मात्रले संस्कृतिको संरक्षण हुन सक्दैन त्यसका लागि भाषा, भेष भुषा, धार्मिक क्रियाकलाप, प्रकृति प्रेम, रहन सहनको वातावरणलाई पनि जगेर्ना गर्न सक्यौ भने हाम्रा सभ्यताहरुले एउटा मार्ग कोर्न सक्दछ जसले हाम्रो चिनारीलाई वैभव बनाउन सक्दछ । सिङ्गो समाजले रुचाएको संस्कृतिलाई ओझेल पार्ने र खास जाती विशेषको संस्कारलाई संस्कृति ठम्याइ दिने हो भने भावी पुस्ताले संस्कार र संस्कृति, सभ्यताको बारेमा रनभुल्लमा पर्न सक्दछन यसतर्फ हाम्रा प्रतिनिधिहरु त्यति चनाखो भएको पाइँदैन ।

खडग, तरवार, खुकुरी लिएर नाच्ने प्रसँगहरु विभिन्न स्थानमा विभिन्न तरिकाले नभएका होइनन । ढाल र तरवार चलाउँदै युद्धमा लँडाइ लडेको शैलीमा नाचिने खाँडो नाच , मयुरको पुच्छर लगाएर हातमा तरवार, लाठी, घमौरा लिएर सिठ्ठीबाट निर्दैशित गरिने मयुर नाच, विभिन्न मन्दिरहरुमा खडग खुकुरी लिएर बोका, राँगा, हाँस कुखुरा जस्ताको बध गरी हतियार सहित धार्मिक क्रियाकलाप बमोजिम आफ्नो मनोकामना पूरा भएको सोंचकासाथ अख्खै गर्दै मन्दिर वरीपरी घुम्ने धार्मिक नाच, कतिपय क्षेत्रमा नाचिने खडग नाचहरु युद्धकौसलका रुपमा पनि लिने गर्दछन । हाम्रा वस्तुकला वा चित्रकलामा देखिने पौराणिक कलाहरुबाट पनि लाठी, तरवार, खुकुरी, खुँडाहरुको उत्पत्ती युद्ध कौशलकै रुपमा रहेको मान्न सकिन्छ । शाररीक सुसंगठन, प्रेम भातृत्व र आफन्तहरुको संगमका रुपमा रहने यी मेलाहरु प्युठान र प्युठानीहरुको धरोहरका रुपता रहन सक्दछन । संस्कृति हाम्रा आचरणहरुले निर्धारण गर्ने हो, हाम्रा व्यवहारले सभ्यताको जगेर्ना गर्ने हो तर त्यसतर्फ त्यति सजग भने हुन सकेको देखिदैन । नाचहरुमा वीररस छ । अनुशासन छ । कला छ मौलिकता छ त्यसैले अहिले संस्कृतिको रुप धारण गरेको छ । गलतलाई घृणा र राम्रोलाई स्वागत गर्ने पाटोको रुपमा पनि यसलाई लिन सकिन्छ । सराय शव्द खासगरी यात्री बस्न वा बिश्राम गर्न बनाइएको घर, सत्तल विशेष पर्वका दिन मन्दिर भित्रका खुकुरी, तरवार, खुँडा, खडग, लठ्ठी आदी हतियार लिएर हातमा नचाउँदै, लडाउँदै बाजाका तालमा नाच्दै देखाइने नृत्यको रुपमा नेपाली बृहद शब्दकोषमा लेखिएको छ तर प्युठानमा देखाइने सराय नाचमा युद्ध कौसल, कलात्मक नाच र परम्परागत पञ्चेबाजालाई संरक्षण र सम्बद्र्धन गर्न बिशेष भुमिका निर्वाह गरेको छ । जिल्लामा देखाइने अन्य मेलाहरुको सराय नाच खास गरी डल्ले सरायकै प्रतिरुप हो भन्दा फरक परोइन । अरुको संस्कृतिलाई वैभव देख्नु भन्दा आफ्नै संस्कृतिलाई जगेर्ना गर्न सक्यौँ भने मात्र अरुले चिन्ने माध्यम हाम्रा लागी महत्वपूर्ण हुन्छ । सरायसँग जोडिएका अन्य नृत्यहरुको बजारीकरण पनि हुन सकेको पाईदैन भने त्यस्ता संस्कृतिको जर्गेना गर्ने तर्फ पहल हुन जरुरी देखिएको छ ।

केहो संस्कृति ?
मान्छेका व्यक्तिगत एवं सामाजिक जीवनका स्वरुपको निर्माण, निर्देशन, नियमन र नियन्त्रण संस्कृतिले नै गर्दछ । संस्कृतिमा परम्परागत विचारहरु, विधिवत व्यबहारहरु र स्थापित मान्यताहरु रहेका हुन्छन । संस्कृति ज्ञात अज्ञात व्यक्तिहरुको भगिरथ प्रयत्नबाट नै निर्माण हुन्छ । साहित्य, मुर्ति , चित्र, संगित, वस्तुको माध्यमबाट परम्परागत रुपमा आफना विचार व्यक्त गर्दछन जसलाई पुस्ता दरपुस्ताले विभिन्न माध्यमबाट अंगाल्दै गएका हुन्छन । संस्कृति प्रकृति पद्दती भन्दा सामाजिकीकरणबाट स्थापित हुन्छ । संस्कृतिमा परम्परागत चिन्तन, कलात्मक अनुभुती, विस्तृत ज्ञान एवं धार्मिक आस्था पनि समावेश हुन्छ । संस्कृति र सभ्यता भिन्न-भिन्न हुन्छ । संस्कृति साध्य हो भने सभ्यता त्यसलाई प्राप्त गर्ने साधन । सभ्यता संस्कृतिको अंग हुन पुग्दछ जसको माध्यमबाट मान्छे आफनो आर्थिक, भौतिक, सामाजिक, राजनैतिक अभिष्टीहरु पुरा गर्दछ । संस्कृति कुनै देश वा काल विशेषको उपज होइन यो एक शाश्वत प्रकृया पनि हो । कुनै क्षेत्र विशेषमा यसको स्वरुप प्रकट हुन्छ जसलाई विशिष्टीकृत रुपमा अंगालिन्छ । यो कुनै काल, दर्शन, क्षेत्र, समुदाय वा सत्ताबाट सम्बद्ध हुन्छ । मध्ययुगिन संस्कृति, भौतिक संस्कृति, पाश्चात्य संस्कृति, हिन्दु संस्कृति, मुगल संस्कृति नै यसका आधारका रुपमा लिने गरिएको छ ।

संस्कृतिका अवयवहरु स्थान अनुसार फरक फरक छन । हाम्रो जस्तो देशमा थुम्का थुम्का, तराई, पहाड हिमालका साथै जातै पिच्छे फरक फरक रुपमा रहेको पनि देखिन्छ । सामाजिक चिनारीका रुपमा रहने यस्ता तौर तरिकालाई संरक्षण संबद्र्धन गर्ने सवालमा स्थानीय स्तरमा शुष्म अध्ययन हुन भने जरुरी नै देखिएको छ । ऐतिहासिक घटनालाई जोडदै र परिमर्जित गर्दै संस्कृतिले आफनो स्थान ओगटदै गएको पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस