काठमाडौँ । स्वास्थ्यका कारण सार्वजनिक कार्यक्रममा सहभागी हुन नसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै सरकारी निवासमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीले बालुवाटारमा आजै मन्त्रिपरिषद बैठक र पार्टी सचिवालयको बैठक बोलाएका हुन् । ११ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका प्रधानमन्त्रीले त्यसलगत्तै पार्टी सचिवालय बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आज हुने मन्त्रिपरिषद बैठकमा विकास निर्माणलगायत त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका बारेमा समेत छलफल हुने छ ।
मन्त्रिपरिषद बैठकपछि बस्ने नेकपा सचिवालय बैठकले मंसिर १४ मा हुने उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उठाइने उम्मेदवारको टुङ्गो लगाउने छ ।