८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनकोशी बस दुर्घटना : मृत्यु हुनेको संख्या १७ पुग्यो

अ+ अ-

सिन्धुपाल्चोक । दोलखाको मागादेउरालीबाट काठमाडौं जाँदै गरेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सिन्धुपाल्चोकको चौतारा सांगचोकगढी नगरपालिका ९ सुकुटे र चेहेरे स्थित अरनिको राजमार्गबाट सुनकोशी नदीमा खसेको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काप्लेका अनुसार नदीमा खसेको बसबाट १७ जना यात्रुको शव निकालिएको छ । अन्य यात्रुहरु नदीमा हराइरहेको बताइएको छ । सो बसले ४० जना भन्दा बढी यात्रु बोकेर राजधानी जाँदै गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

बस नदीमा पुरै डुबेको थियो । सो कारण मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । केही यात्रु नदीले बगाएको जानकारी प्राप्त भएको छ । मृतकको सनाखत हुँदै गरेको प्रहरीले बताएको छ । केही शव नदीले बगाउँदै गरेको अवस्थामा निकालिएको छ ।

मृतकहरुमा बढी महिला र बालबालिका रहेका छन् । नदीमा डुबेको सो बस साँझ ५ बजेतिर सडकमा उतारिएको छ । उतारिएको बसमा कोही पनि यात्रु नभेटिएको डिएसपी काप्लेले भने ।

दुर्घटनामा परेका चालक धनबहादुर तामाङ र एक बालकको उद्धार गरिएको छ । चालक तामाङको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि धुलिखेल अस्पताल रिफर गरिएको छ । बगाएका यात्रुहरुको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ । उद्धार गरिएका मध्य ६ जना गम्भिर घाइते छन् ।

दोलखाको शैलुङ्गेश्वरी यातयातको उक्त बस आइतबार दिउँसो १ बजेर १५ मिनेट जाँदा अरनिको राजमार्गबाट सिधै सुनकोशी नदीमा खसेको थियो ।

घाइतेहरुको दोलालघाटस्थित प्राथमिक स्वास्थ्य केन्द्र, खाडीचौरको सदाबहार अस्पताल, धुलिखेल अस्पताललगायतका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

नदीमा बस खसेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दाले उद्दार तथा खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस