१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्रामीण क्षेत्रमा ऊर्जाको पहुँच विस्तार गर्न वैकल्पिक ऊर्जाको भूमिका महत्वपूर्ण : उर्जामन्त्री पुन

अ+ अ-

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विकट ग्रामीण भेकमा आधुनिक ऊर्जाको पहुँच विस्तार गर्न वैकल्पिक ऊर्जाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २३ औँ वार्षिकोत्सव कार्यक्रमलाई आज ललितपुरमा सम्बोधन गर्दै उनले ‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न ऊर्जा क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए ।

सबैका लागि ऊर्जा अभियानलाई परिणामुखी ढङ्गबाट अगाडि बढाउनुपर्नेमा जोड दिँदै उनले सरकारले नवीकरणीय ऊर्जालाई प्राथमिकता दिएको बताए । मन्त्री पुनले केन्द्रले देशव्यापी रुपमा नवीकरणी ऊर्जाको सेवा प्रवाहलाई निरन्तरता दिनाका साथै नवीकरणीय ऊर्जाका क्षेत्रमा निजी क्षेत्रको लगानी आकर्षण गर्नु आवश्यक रहेको बताए । मुलुक संघीय संरचनामा गइसकेको अवस्थामा केन्द्रको भूमिका के हुन्छ भन्ने सवाल आइरहेका अवस्थामा केन्द्रले आफूलाई ‘उत्कृष्ट ज्ञान केन्द्र’का रुपमा विकास गर्नुपर्नेमा उनले जोड दिए ।

सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले ऊर्जा सुशासन अहिलेको प्रमुख चुनौती भएको उल्लेख गर्दै ऊर्जा बचत गर्न जनचेतना फैलाउन लाग्नुपर्ने बताए । दिगो विकास लक्ष्यअन्तर्गत सन् २०३० सम्म सबै जनतामा ऊर्जाको पहुँच पुर्‍याउनुपर्ने चुनौती रहेको बताउँदै उनले सो उद्देश्य पूरा गर्न ग्रामीण पहाडी क्षेत्रमा वैकल्पिक ऊर्जा भरपर्दो विकल्प भएको बताए । केन्द्रलाई ‘ज्ञान केन्द्र’का रुपमा विकास गर्न विश्वविद्यालयसँग जोड्नुपर्नेमा पनि उनले जोड दिए ।

ऊर्जा मन्त्रालयका सचिव दिनेश घिमिरेले संवैधानिक दायरालाई ख्याल राख्दै सरकारको लक्ष्य पूर्तिमा केन्द्रले भूमिका खोज्नुपर्नेमा जोड दिए । ‘स्थानीय तहसँगको सहकार्यमा १५ औँ योजनाले राखेको लक्ष्य पूरा गर्न केन्द्र चनाखो बन्नुपर्छ’, उनले भने, ‘अब दीर्घकालीन ‘बिजनेश प्लान’ बनाएर अगाडि बढ्नुपर्छ ।’

पूर्वमन्त्री गणेश शाहले ऊर्जा बचत नै ऊर्जा उत्पादन भएको उल्लेख गर्दै हरेक नागरिकलाई ऊर्जा उत्पादकका रुपमा विकास गर्नुपर्ने बताए । केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले ग्रामीण भेगका जनतामा नवीकरणीय ऊर्जा प्रविधि उपलब्ध गराउन केन्द्र लागिपर्ने बताए । निजी क्षेत्र, सरोकार निकाय तथा दातृ निकायसँगको समन्वयमा आगामी कार्यक्रम सञ्चालन गरिने उनले बताए । केन्द्रका पूर्वकार्यकारी निर्देशक रामप्रसाद धितालले मुलुक संघीय संरचनामा गइसकेका अवस्थामा केन्द्रको भूमिकालाई पनि परिवर्तन गर्न सुझाव दिए ।

नवीकरणीय ऊर्जा परिसंघका कावा अध्यक्ष उत्तम सिटौलाले सरकारी निजी साझेदारीका माध्यमबाट नवीकरणीय ऊर्जा प्रवर्द्धनमा सहकार्य गर्न आह्वान गरे । केन्द्रका निर्देशक नवराज ढकालले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता विकास गर्न केन्द्रले ध्यान केन्द्रित गर्दै आएको जानकारी दिँदै ऊर्जाका प्रविधिलाई दिगो बनाउन लागिएको बताए । आधुनिक नवीकरणीय ऊर्जा प्रविधिमार्फत ग्रामीण भेगका जनताको जीवनस्तर उकास्न केन्द्र लागिपरेको बताउँदै उनले केन्द्रले मुलुकको आर्थिक, सामाजिक तथा समानुपातिक विकासमा महत्वपूर्ण योगदान गरेको उल्लेख गरे ।

सौर्य प्रणाली वितरण

कार्यक्रममा डोल्पाको मुड्केचुला गाउँपालिकालाई ३५० थान घरेलु सौर्य विद्युत् प्रणाली वितरण गरिएको थियो । ऊर्जामन्त्री पुनले जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढालाई ती सौर्य प्रणाली हस्तान्तरण गरे ।

गत असारमा आएको बाढीबाट क्षति पुगेको मुड्केचुला – १ र ३ का घरधुरीलाई सौर्य प्रणाली वितरण गरिने जिसस प्रमुख बुढाले बताए ।

सो अवसरमा नवीकरणीय ऊर्जा प्रविधिको विकासमा योगदान गराउने संस्थालाई ‘सुप्रविधि स्मृति नवीकरणीय ऊर्जा पुरस्कार’ प्रदान गरिएको थियो । पुरस्कृत हुनेमा लघु जलविद्युत्तर्फ दर्न लघुजलविद्युत् सहकारी संस्था, सौर्य ऊर्जातर्फ सन फर्मर नेपाल प्रालि र बायोग्यासतर्फ नेपाल ऊर्जा विकास कम्पनी प्रालि छन् । सो पुरस्कारको राशि रु २५/२५ हजार छ ।

कार्यक्रममा केन्द्रको वार्षिकोत्सवको अवसर पारेर ऊर्जा मन्त्रालय मातहतका निकायका कर्मचारीबीचको फुटसल प्रतियोगिताका विजेता टोलीलाई शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । हालसम्म केन्द्रले अनुदानमा १५ लाख सुधारिएको चुल्हो र पाँच लाख बायोग्यास प्रणाली वितरण गरिसकेको छ । केन्द्रले मुलुकको १८ प्रतिशत क्षेत्रमा वैकल्पिक ऊर्जाको पहुँच पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस