९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालङ्गा हाइड्रोपावरको सुरुङमा बेपत्ता चार मजदूरको मृत्यु

अ+ अ-

चैनपुर । बझाङको बुङ्गल नगारपालिका–१ मा निर्माणाधीन अवस्थामा रहेको ६५ मेगावाटको कालङ्गा हाइड्रपावरको सुरुङमा चार मजदूरको मृत्यु भएको छ । आइबार दिउसो करीब ३ः०० बजेतिर बुङ्गल नगरपालिकाको सानिगाढको दारिमगाढ भन्ने स्थानमा सुरुङभित्र काम गर्न जाने क्रममा उनीहरु बेपत्ता भएका थिए ।

बेपत्ता भएका मजदूर आज सुरुङमार्गमै मृतावस्थामा भेटिएका छन् । मृत्यु हुनेमा दैलेखका कर्णबहादुर शाही र महेन्द्र शाही, अछामका महेन्द्र साउद र बझाङका शेरबहादुर धामी रहेका इलाका प्रहरी कार्यालय बुङ्गल झापाका प्रहरी सहायक निरीक्षक अम्मर भण्डारीले जानकारी दिए । सुरुङभित्र काम गर्ने क्रममा एक्कासि गाडी बन्द भएपछि काम गरिहरेका उनीहरु बाहिर आउन नसकेका हुनसक्ने आशङ्का गरिएको छ ।

आइतबार उनीहरुको खोजी कार्यका लागि प्राविधिक टोली प्रयासमा भए पनी सुरुङभित्र अक्सिजनको मात्रा एकदमै कम रेहको भन्दै उक्त टोली काम नगरी फर्किएको थियो । आज हेलिकप्टरमार्फत यन्त्रसहित सशस्त्र प्रहरीको उद्धारटोली आएर खोजीगर्ने क्रममा मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सत्तरी प्रतिशतभन्दा बढी काम भइसकेकाले बाँकी काम गर्ने क्रममा उनीहरुको मृत्यु भएको हो । कालङ्गा हाइड्रोअन्तर्गतको दारिमगाढ सुरुङ करीब एक हजार ४०० मिटर लामो रहेकाले अक्सिजनको व्यवस्था कमी भएका कारण सो घटना भएको हाइड्रोका संस्थापक वीरेन्द्रबहादुर मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस