८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

अ+ अ-

काठमाडौं । पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावसँगै अरब सागरमा उत्पन्न शक्तिशाली चक्रवातको असरका कारण नेपालमा अबको केही दिन वर्षाको साथै हिमपातको सम्भावना रहेको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए। ‘केही समय मौसम खुले पनि मध्यान्ह्बाट देशको धेरैजसो स्थानमा बदली हुनेछ’, मौसमविद् अर्यालले भने ।

भोलि दशेको पहाडी भागमा आंशिकदेखि समान्य बदली रही देशका पहाडी भागको एक दुई स्थानमा हल्का वर्षा र हिमाली भागमा हिमपातको सम्भावना रहेको जनाइएको छ । शनिबार देशकोे पूर्वी र मध्यभागलगायत पश्चिमी पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव २ डिग्री र अधिकतम तापक्रम २४ दशमलव १ डिग्री सेल्सियस रहेको छ । यस्तै आज सबै भन्दा कम जुम्ललाको न्यूनतम तापक्रम ० दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस