१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपनिर्वाचन २०७६ : नेकपा र कांग्रेसको उम्मेदवार टुङ्गो

अ+ अ-

आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि बैतडीमा प्रमुख राजनीतिक दलहरुले आफ्नो उम्मेदवार टुङ्गो लगाएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस दुवैले उम्मेदवारको टुङ्गो लगाएको हो ।

वडाध्यक्ष रिक्त रहेका सुर्नया गाउँपालिका–१, पुर्चौडी नगरपालिका–४ र दोगडाकेदार गाउँपालिका–४ मा मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । नेकपाका तर्फबाट दोगडाकेदार गाउँपालिका–४ मा नरेन्द्रप्रसाद भट्ट र सुर्नया गाउँपालिका– १ मा धनबहादुर चन्द र पुर्चौडी नगरपालिका–४ मा शैलेन्द्र धानुकलाई उम्मेदवार बनाउने निर्णय भएको नेकपाका कार्यालय सचिव प्रजापति जोशीले जानकारी दिए ।

यस्तै काङ्ग्रेसले सुर्नया गाउँपालिका–१ मा गजेन्द्रबहादुर चन्द, पुर्चौडी नगरपालिका–४ मा गोविन्दबहादुर धामी र दोगडाकेदार गाउँपालिका–४ मा सुरेन्द्रप्रसाद भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको नेपाली कांग्रेस बैतडीका सचिव वीरबहादुर विष्टले बताए ।

उम्मेदवार टुङ्गो लागेसँगै नेकपा र काङ्ग्रेस दुवैले प्रचारप्रसारमा तीव्रता दिएका छन् । यसका साथै साना दलहरुले पनि आफ्ना उम्मेदवारको टुङ्गो लगाउन आन्तरिक तयारी थालिरहेका छन् ।

यता, नेपाली काङ्ग्रेस बैतडीको जिल्ला पदाधिकारी बैठक सम्पन्न भएको छ । बैठकले उपनिर्वाचनका लागि मूल प्रचारप्रसार समिति गठन गरेको छ ।

पार्टी सभापति नरेन्द्र सिंह थापाको नेतृत्वमा ५१ सदस्यीय मूल प्रचारप्रसार समिति गठन गरिएको काङ्ग्रेस बैतडीका सचिव विष्टले जानकारी दिए ।

सुर्नया–१ मा सभापति थापा र सचिव वीरबहादुर विष्टको नेतृत्वमा प्रचारप्रसार गर्ने निर्णय भएको छ । दोगडाकेदार ४ मा जिल्ला उपसभापति चतुरबहादुर चन्द र सचिव प्रेम चन्द र पुर्चौडी–४ मा जिल्ला कोषाध्यक्ष रमेश पाण्डेय र सहसचिव कर्ण बोहराको नेतृत्वमा प्रचारप्रसार समिति गठन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस