९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोतीकुमार श्रेष्ठद्वारा लिखित ‘मोतीको माला’ विमोचित

अ+ अ-

दमौली । गणेशमान पार्क संरक्षण अध्ययन प्रतिष्ठान दमौलीका संस्थापक अध्यक्ष एवं नेपाली कांग्रेसका पुराना नेता मोतीकुमार श्रेष्ठद्वारा लिखित ‘मोतीको माला’ पुस्तक आज विमोचन गरिएको छ ।

कांग्रेसका संस्थापक नेता स्व गणेशमान सिंहको १०५औँ जन्मजयन्तीका अवसरमा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा श्रेष्ठको आत्मवृत्तान्त ‘मोतीको माला’ विमोचन गरिएको हो । उक्त पुस्तकको नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वराज्यमन्त्री अमरराज कैनी र कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेले संयुक्तरुपमा विमोचन गरे ।

विसं २००७ देखि हालसम्म भोगेको र देखेको संघर्ष, उतारचढाव र योगदानलाई समेटर पुस्तक लेखेको पुस्तकका लेखक ८७ वर्षीय श्रेष्ठले जानकारी दिए । ‘लामो जीवनयात्रामा जेजे दुःख कष्ट र सुखका अनुभूतिलाई भोगियो त्यसलाई कलमका माध्यमबाट लिपिबद्ध गर्ने प्रयास गरेको हुँ’, श्रेष्ठले भने, ‘हिजोका कुराको विषय भोलिका मार्गदर्शक बन्न सक्छन् भन्ने ध्येय राखेको छु ।’ श्रेष्ठका अनुसार पुस्तकमा नवीनतम् सामग्रीलाई लिपिबद्ध गर्ने प्रयास गरिएको छ ।

एक सय १४ पृष्ठको पुस्तकमा दमौलीमा सदरमुकाम सार्ने पूर्वाभ्यास, बन्दीपुरवासीको साङ्केतिक विद्रोह, दमौली सदरमुकाममा रासनपानी व्यवस्थाको प्रतिबद्धता, दमौली बजारमा घडेरीको रेखाङ्कन, तनहुँसुर दरबारबाट अवलोकन गर्दा, तनहुँसुरको पुरानो इतिहास, २०१५ सालको संसदीय चुनावपछिको मेरो क्रियाकलाप, महामानव बिपी कोइराला र जनमत सङ्ग्रह, २०४२ सालको सत्याग्रह आन्दोलन, दमौलीमा मनमोहन अधिकारीमाथि पञ्चमहामण्डलेको आक्रोशलगायतका विषयलाई समावेश गरिएको छ ।

पुस्तकमाथि समीक्षा गर्दै संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका नेता रामचन्द्र पोखरेलले पुस्तक अध्ययनबाट भावी पुस्ताले प्रेरणादायी विचार पाउने विश्वास व्यक्त गरे । श्रेष्ठ दमौलीको लागि खुला पुस्तक भएको चर्चा गर्दै पोखरेलले पुस्तकमार्फत इतिहासलाई लिपिबद्ध गर्ने प्रयास भएको जानकारी दिए ।

सो अवसरमा पूर्वराज्यमन्त्री कैनी, कांग्रेस तनहुँका कार्यवाहक सभापति आले, राष्ट्रियसभा सदस्य प्रकाश पन्थ, गण्डकी प्रदेशसभा सदस्य डोबाटे विक, सरिता गुरुङ, गणेशमान पार्क संरक्षण अध्ययन प्रतिष्ठान दमौलीका सचिव समुन्द्र गोदार लगायतले श्रेष्ठको योगदानको चर्चा गरेका थिए । विसं १९८९ असार १ गते जन्मिएका श्रेष्ठ विभिन्न सामाजिक काममा संलग्न छन् । श्रेष्ठ तनहुँ कालिका शहीद जङ्गल पार्कको अध्यक्षसमेत छन् ।

प्रतिक्रिया दिनुहोस