९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकारको क्षमता अभिवृद्धिका लागि प्रदेश सरकार प्रतिवद्ध : मन्त्री जम्कट्टेल

अ+ अ-

बनेपा । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले सञ्चारसँग सम्बन्धित काम संस्थागत ढङ्गले गर्ने गरी व्यवस्था मिलाएको बताएका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयअन्तर्गत सञ्चार रजिष्ट्रारको कार्यालय हेटौँडाले ५ जिल्लाका पत्रकारका लागि काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको ‘पत्रकारितामा नवीनतम प्रयोग प्रवर्द्धनका लागि मल्टिमिडिया तथा मोबाइल जर्नालिज्म तालीम’को आज उद्घाटन गर्दै उनले पत्रकारको क्षमता अभिवृद्धि र हकअधिकारको प्रवर्द्धनका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।

मन्त्री जम्कट्टेलले पत्रकारिता क्षेत्रको विकास र उन्नयनका लागि नेपाल पत्रकार महासंघ, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) र पत्रकार महिला समूहलगायतसँग मिलेर काम गर्न प्रदेश सरकार तयार रहेको उल्लेख गर्दै मुलुकको विकास र समृद्धका लागि पत्रकारिता क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

राष्ट्र, जनता र समाजको अहित हुने गरी काम नगर्न पनि उनले आग्रह गरे ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, नेपाल पत्रकार महासंघ प्रदेश नं ३ का अध्यक्ष प्रताप विष्ट र उपाध्यक्ष यदुनाथ गौतमलगायतले पत्रकारिता क्षेत्रको विकासका लागि प्रदेश सरकारले बाम गर्नुपर्ने आवश्यकता औल्याए ।

तालीममा काभ्रेपलाञ्चोक, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र सिन्धुलीका २० पत्रकार सहभागी छन् । आगामी कात्तिक ३० गते तालीम सम्पन्न हुने आयोजकले जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस