८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बङ्गलादेशका राष्ट्रपति नेपालसँग आर्थिक साझेदारी बढाउने पक्षमा

अ+ अ-

काठमाडौं । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको आर्थिक विकासका लागि दुई देशबीच साझेदारी बढाउने पक्षमा छन् ।

बङ्गलादेशका राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज गरेको शिष्टाचार भेटमा उनले आर्थिक साझेदारीका लागि पर्यटन र उर्जालगायतका क्षेत्रमा सहकार्य गर्न सकिने बताएका छन् । सम्मानित विशिष्ट अतिथि राष्ट्रपति हमिद नेपालको औपचारिक सद्भावना भ्रमणमा छन् ।

अध्यक्ष तिमिल्सिनाले राष्ट्रपति हमिदसँगको भेटमा भएका कुराकानीबारे बारे जानकारी दिँदै दुई देशबीच जनस्तरको सम्बन्ध विस्तारका साथै व्यापार प्रवर्द्धनका विषयमा कुराकानी भएको बताए ।

तिमिल्सिनाका अनुसार दुई देशबीचको उच्चस्तरीय भ्रमणलाई नियमित गर्नेबारे दुबै पक्षबाट जोड दिइएको थियो । व्यापार बढाउन र व्यापार घाटा कम गर्न दुबै देशले प्रयास गर्ने विषयमा पनि कुराकानी भएको थियो । व्यापार घाटा कम गर्न ऊर्जाको ब्यापार प्रवर्द्धन गर्ने कृषि उत्पादन बढाउन प्रेरित गर्ने आदिबारे छलफल भएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

दुई देशबीचको जनस्तरीय सम्बन्धलाई अझ प्रगाढ तुल्याउन सांसदहरुको भ्रमण आदान–प्रदानलाई निरन्तरता दिने विषयमा पनि कुराकानी भएको थियो ।

नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा भएको बङ्गलादेशी राष्ट्रपतिको भ्रमणले बङ्गलादेशबाट बढीभन्दा बढी पर्यटक भित्र्याउन सहयोग पुग्ने र यसलाई अझ विस्तृत रुपमा अघि बढाइनुपर्छ भन्नेमा राष्ट्रपति हमिदले विशेष जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस