८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपनिर्वाचन २०७६ : बैतडीमा आठको उम्मेदवारी

अ+ अ-

बैतडी । उपनिर्वाचनका लागि बैतडीमा आठ उम्मेदवारको मनोनयन दर्ता भएको छ । वडाध्यक्ष रिक्त रहेका बैतडीका तीन वडाका लागि आठ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । आगामी मङ्सिर १४ गते जिल्लाको दोगडाकेदार गाउँपालिकामा चार, सुर्नया गाउँपालिका एक र पुर्चौडी नगरपालिका चार मा उपनिर्वाचन हुँदैछ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बैतडीका तीनवटै वडामा आज उम्मेदवारको मनोनयन दर्ता भएको छ । सुर्नया गाउँपालिका–१, दोगडाकेदार गाउँपालिका–४ र पुर्चौंडी नगरपालिका–४ को वडाध्यक्ष पदका उम्मेदवारहरुले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

सुर्नया गाउँपालिका–१ मा अध्यक्ष पदका लागि दुईजना उम्मेदवारको मनोनयन दर्ता भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट धनबहादुर चन्द र नेपाली काङ्ग्रेसबाट गजेन्द्रबहादुर चन्दको मनोनयन दर्ता भएको हो ।

यस्तै पुर्चौंडी नगरपालिका–४ मा नेकपाका तर्फबाट शैलेन्द्र धानुक, नेपाली काङ्ग्रेसका तर्फबाट गोविन्दबहादुर धामी र चन्द्रबहादुर बोहराले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय पुर्चौंडीले जानकारी दिएको छ ।

यस्तै दोगडाकेदार गाउँपालिका–४ को वडाध्यक्ष पदका लागि तीनजना उम्मेदवारको मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय दोगडाकेदारले जनाएको छ । नेकपाबाट नरेन्द्रप्रसाद भट्ट, नेपाली कांग्रेसबाट सुरेन्द्रप्रसाद भट्ट र राप्रपा संयुक्तबाट देवसिंह खत्रीको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत टेकबहादुर थापाले जानकारी दिए ।

मनोनयन दर्ता गरेका उम्मेदवारको आजै अन्तिम नामावली प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस