७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सूचनाको हक लोकतन्त्रको प्राणवायु हो : बाँस्कोटा

अ+ अ-

सल्यान । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचना हक लोकतन्त्रको प्राणवायु भएको बताएका छन् । सूचनाको हक प्रभावकारीरुपमा कार्यान्वयन नभए लोकतन्त्र खतरामा पर्नसक्ने उनले उल्लेख गरे ।

सदरमुकाम खलङ्गामा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी अन्तरक्रियामा बाँस्कोटाले सूचनाको हक कार्यान्वयनले मात्रै सुशासन तथा लोकतन्त्रको संस्थागत विकास हुने बताए । ‘राज्यले गरेका हरेक कामको यथार्थ विवरण ३/३ महिनामा सार्वजनिक गर्नुपर्छ, यसले सरकार र जनताबीच विश्वासको वातावरण बलियो बनाउँछश, उनले भने । सूचनाको हक कार्यान्वयनमा निजामती र जनप्रतिनिधिमा रहेको परम्परागत सोच चुनौतीको रुपमा रहेको बाँस्कोटाको भनाइ थियो ।

‘सत्तामा जाने प्रतिनिधि सूचनाको हक कार्यान्वयन गर्न अप्ठेरो मान्छन् तर प्रतिपक्षमा हुँदा सूचनाको हकको विषयमा बोल्ने परिपाटी छ, यसलाई सच्याएर सरकारी कामकाजलाई सार्वजनिक गर्न किन अप्ठेरो मान्न’, उनले भने, ‘सार्वभौमसत्ता सम्पन्न जनता भएकाले जनता मालिक हुन भन्ने कुरा कर्मचारी र जनप्रतिनिधिले बुझ्नु पर्छ ।’ लोकतन्त्रमा नागरिकलाई सशक्तीकरण गर्ने कार्य सूचनाको हकले गर्ने भन्दै बाँस्कोटाले जनतालाई सूचनाको हक नदिँदा सरकार अलोकप्रिय बन्दै जाने बताए । ‘सूचनाको हकको प्रभावकारी कार्यान्वयनको प्रचलनले भ्रष्टाचार नियन्त्रण हुन्छ, मुलुकमा लगानी भित्रन्छ, यसबाट आर्थिक समृद्धि प्राप्त हुन्छ, कार्यान्वयन नगरे सरकार अलोकप्रिय भएको मानिन्छ’, बाँस्कोटाले भने ।

जिल्ला समन्वय समितिका प्रमुख केशबहादुर विष्टले सूचनाको हकको कार्यान्वयनले सबैलाई जिम्मेवार बन्न सघाउने बताए । ‘जनताले सरकारी सेवा सहज, छिटो छरितो प्राप्त गर्न सहयोग पुग्ने गरी सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ’, उनले भने । प्रमुख जिल्ला अधिकारी चूडाराज न्यौपानले कर्मचारीको स्थायित्व कम हुने भएकाले पनि यसको कार्यान्वयन प्रभावकारीरुपमा हुन नसकेको बताए । सार्वजनिक सरोकारका सूचनालाई व्यवस्थित गर्न बारम्बार ताकेता गरे पनि कार्यान्वयनमा नआएको जिल्ला हुलाक कार्यालयका प्रमुख धीरेन्द्रबहादुर भण्डारीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस