११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला भलिबल टिमको भव्य स्वागत

अ+ अ-

काठमाडौं । प्रथम एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता महिला भलिबल टिमलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

बंगलादेशको ढाकामा सम्पन्न फाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजेता बनेको नेपाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) तथा नेपाल भलिबल संघले स्वागत गरेको हो ।

नेपाली महिला भलिबल टिमका प्रशिक्षक जगदिश भट्टले इतिहास रच्न सफल भएकोमा खुशी ब्यक्त गर्दै भने, ‘भलिबलमा महिला टिमले पहिलो पटक स्वर्ण पदक जितेको छ । हामी स्वर्ण पदक नै जित्छौं भनेर गएका थियौं । सफल भयौं । सबै खेलाडीले राम्रो प्रदर्शन गरे ।’

नेपाली महिला भलिबल टिमको प्रदर्शन निकै निखारिदो भएको कारण १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा पनि स्वर्ण पदक जित्ने दाबी प्रशिक्षक भट्टले गरे ।

उनले भने, ‘यो उपलब्धिले महिला भलिबलको मनोबल निकै उच्च भएको छ । अब हामीले केही दिनमा नै १३ औं साग खेल्दैछौं । यसमा पनि हाम्रो लक्ष्य स्वर्ण पदक नै हो ।’

यता, पहिलो पटक कप्तानको जिम्मेवारी पाउँदा नै उपाधि दिलाएकी अरुणा शाही खुशी छन् । ‘म निकै भाग्यमानी सावित भएँ । यतिका वर्षसम्म खेल्दा पनि हामीले स्वर्ण पदक जित्न सकेका थिएनौं । तर यो पटक मेरै कप्तानीमा स्वर्ण पदक जितेका छौं’ उनले भनिन् ।

सुरुमा उपाधि जित्ने विश्वास नभए पनि प्रतियोगितामा एकपछि अर्को खेलमा जित हात पार्दै जादा यो उपलब्धि हात परेको पनि उनले बताइन् ।

बंगलादेशको ढाकामा बिहीबार भएको फाइनलमा नेपालले माल्दिभ्सलाई २५–१३, २५–१२ र २५–८ को सोझो सेटमा हराएर उपाधि जितेको थियो । यो प्रतियोगितामा नेपाली महिला टिमले खेलेको कुनै खेलमा पराजित भएन । सबै खेलमा सोझो सेटमा पराजित गर्दै नेपालले उपाधिसँगै इतिहास रचेको हो ।

त्यस्तै, नेपाली टिमलाई विमानस्थलमा स्वागत गर्न पुगेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवले सरकारले प्रत्येक खेलाडीलाई जनहि ३–३ लाख नगद दिने घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस