१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्याटलग सपिङ विधिको माध्यमबाट खरिद

अ+ अ-

उत्पादक वा अधिकृत बिक्रेताद्वारा निर्धारित दरमा खरिद गर्ने विधि भन्नाले कुनै (क्याटलग सपिङ) मालसामान निर्माण गर्ने कम्पनीले उत्पादनको विशेषता, गुणस्तर, सुविधाका आधारमा तय गरेको बिक्री मूल्य सम्बन्धित कम्पनीको वेबसाइट वा कागजातमा सार्वजनिक गरिसकेपछि समान स्तरको मालसामान उत्पादन गर्ने (ब्रोसर) कम्पनीले तोकेको मूल्यमा प्रतिस्पर्धा गराई खरिद गर्ने विधि हो।यस विधिबाट मालसामान मात्र खरिद गर्न सकिन्छ।क्याटलग सपिङ विधि बहुबर्षिय सम्झौता गर्नुपर्ने खरिद कारबाहीमा प्रयोग गर्न सकिदैन। यो विधि प्रयोग गरी खरिद गर्दा बेलपत्र जमानत पेस गर्नु पर्दैन।

क्याटलग सपिङ विधिबाट खरिद गर्न सकिने मालसामानहरू
१ हेभी इक्विपमेन्ट
२ सवारी साधन
३ औजार
४ मेशिनरी
५ उपकरण
६ एक्स-रे वा एमआरआई जस्ता स्वास्थ्य सेवाको लागी आवश्यक पर्ने उपचारजन्य यन्त्र वा यस्तै अन्य यान्त्रिक मालसमानहरु

रकमको सिमा: क्याटलग सपिङ विधिको प्रयोग गरी खरिद गर्दा निम्न बमोजिमको रकमको सीमाभित्र रही खरिद गर्न सकिन्छ। रकमको सीमा नाघेमा बेलपत्र विधिको प्रयोग गर्नुपर्छ।
१ सवारी साधनको हकमा बढीमा भ्याट सहित रु साठी लाख सम्म
२ हेभी इक्विपमेन्टको हकमा बढीमा भ्याट सहित रु साठी लाख सम्म
३ एक्स-रे वा एम आर आई जस्ता स्वास्थ्य सेवाको लागी आवश्यक पर्ने उपचारजन्य यन्त्रको हकमा बढीमा भ्याट सहित रु चालीस लाख सम्म
४ औजार¸ मेशिनरी¸ उपकरण¸ वा यस्तै अन्य यान्त्रिक मालसमानहरुको हकमा बढीमा भ्याट सहित रु पच्चिस लाख सम्म

क्याटलग सपिङ विधिबाट खरिद गर्दा योग्य प्रस्तावदाता:
१ कुनै मालसामान निर्माण गर्ने कम्पनी वा उत्पादक
२ मालसामान उत्पादक कम्पनी वा मालसामान निर्माण कम्पनीले तोकेको अधिकृत/आधिकारिक विक्रेता

क्याटलग सपिङ विधिबाट खरिद गर्दा अपनाउनुपर्ने खरिदको प्रकृया:
१ मालमानको स्पेशिफिकेशन तयार गर्ने
२ लागत अनुमान तयार गरी स्वीकृत गराउने
३ प्रस्ताव माग गर्ने प्रयोजनको लागी खरिद सम्बन्धी कागजात तयार गर्ने
४ विक्रेताहरूको मौजुदा सूची तयार गरी सो सूची कार्यालय प्रमुखबाट स्वीकृत गराउने
५ सूचीकृत विक्रेताहरूबाट ७ देखी १५ दिनको समय दिई सिलबन्दी प्रस्ताव माग गर्ने
६ विक्रेताहरूले क्याटलगसहित पेस गरेका सिलबन्दी प्रस्ताव रजिष्टर खडा गरी दर्ता गर्ने
७ दर्ता गर्ने समय समाप्त भए लगत्तै प्रतिनिधिहरूको रोहबरमा प्रस्ताव खोल्ने
८ प्रस्तावहरूको मूल्याङ्कन गरी विक्रेताहरूको सूची तयार गरी सो सूची कार्यालय प्रमुखबाट स्वीकृत गराउने
९ सूचीकृत विक्रेताहरूसँग आर्थिक प्रस्ताव माग गर्नेको लागी खरिद सम्बन्धी कागजात तयार गरी कार्यालय प्रमुखबाट स्वीकृत गराउने।
१० सूचीकृत विक्रेताबाट कम्तीमा ३ दिन र बढीमा ५ दिनको म्याद दिई सिलबन्दी आर्थिक प्रस्ताव माग गर्ने
११ आर्थिक प्रस्ताव दर्ता गर्ने तथा दर्ता गर्ने म्याद समाप्त हुने बित्तिकै सिलबन्दी खोली मुचुल्का तयार गर्ने
१२ मूल्यमा पाइने छुट र सुविधामा हुने थप समेतको आधारमा प्रस्तावको मूल्याङ्कन गरी न्यूनतम मुल्याङ्कित सारभूत रूपमा प्रभावग्राही प्रस्तावदाता छनौट गरी स्वीकृत गर्ने
१३ प्रस्ताव स्वीकृत गरेको ३ दिनभित्र खरिद सम्झौता गर्न आउन प्रस्तावदातालाई सूचना दिने
१४ प्रस्तावकर्ताले सूचना पाएको ३ दिनभित्र कार्यसम्पादन जमानत दाखिला गरी खरिद सम्झौता गर्ने (कार्यसम्पादन जमानत दाखिला गर्दा बोलपत्रदाताले लागत अनुमान भन्दा पन्ध्र प्रतिशतसम्म कम अङ्क कबुल गरेमा कबुल अङ्कको पाँच प्रतिशत र लागत अनुमानको पन्ध्र प्रतिशतभन्दा बढी घटेर कबुल गरेको अवस्थामा पन्ध्र प्रतिशत भन्दा जति रकमले घटी कबुल गरेको छ सोको पचास प्रतिशतले हुन आउने रकम कबुल अङ्कको पाँच प्रतिशतमा थप गरी कार्यसम्पादन जमानत बापत दाखिला गर्नु पर्छ)

प्रतिक्रिया दिनुहोस