१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच लाख सम्मको खरिद कसरी गर्ने ?

अ+ अ-

५ लाख सम्मको मालसमान वा निर्माण कार्य वा परामर्श सेवा वा अन्य सेवा खरिद गर्नुपर्दा सम्बन्धित सार्वजनिक निकायमा मौजुदा सूचीमा सुचीकृत आपुर्तिकर्ता¸ निर्माण व्यवसायी¸ परामर्शदाता¸ गैरसरकारी संस्था वा सेवा प्रदायक मार्फत खरिद गर्नुपर्छ।

मौजुदा सूची तयार गर्ने:
मौजुदा सूचीमा दर्ता हुन वा अद्यावधिक हुन चाहने व्यक्ति, संस्था, आपूर्तिकर्ता, निर्माण व्यवसायी, परामर्शदाता, गैर सरकारी संस्था वा सेवा प्रदायकले देहायका कागजातको प्रतिलिपि संलग्न गरी सम्बन्धित सार्वजनिक निकायमा सार्वजनिक खरिद नियमावलीको अनुसूची–२क. बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ।
(क) संस्था वा फर्म दर्ताको प्रमाणपत्र,
(ख) स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि कर दर्ताको प्रमाणपत्र,
(ग) कर चुक्ता प्रमाणपत्र, र
(घ) आवश्यकता अनुसारको व्यवसायिक इजाजतपत्र ।

अनुसूची -२ क को निवेदन उपर आवश्यक जाँचबुझ गरी निवेदकलाई सार्वजनिक खरिद नियमावलीको अनुसूची -२ ख बमोजिमको मौजुदा सूचीमा दर्ता भएको प्रमाणपत्र दिनुपर्छ। सम्बन्धित सार्वजनिक निकायले आपुर्तिकर्ता, निर्माण व्यवसायी, परामर्शदाता, गैरसरकारी संस्था वा सेवा प्रदायकको अनुसूची-२ ग को ढाँचामा छुट्टाछुट्टै मौजुदा सूचीको अभिलेख दर्ता रजिष्टर खडा गरी राख्नुपर्दछ। मौजुदा सूचीको विवरण जिल्ला स्थित कोष तथा लेखा नियन्त्रक कार्यालय र जिल्ला प्रशासन कार्यालयको सूचनापाटीमा टाँस गरी वा सम्बन्धित सार्वजनिक निकायको वेबसाइटमा राखी अर्धवार्षिक रूपमा सार्वजनिक गर्नुपर्छ। मौजुदा सूची अद्यावधिक गर्ने जिम्मेवारी सम्बन्धित सार्वजनिक निकायको हुन्छ। मौजुदा सूची अद्यावधिक गर्न प्रत्येक बर्ष सम्बन्धित आपूर्तिकर्ता, निर्माण व्यवसायी, परामर्शदाता, गैरसरकारी संस्था वा सेवाप्रदायकले सम्बन्धित सार्वजनिक निकायमा निवेदन दिनु पर्छ।

५ लाख सम्मको मालसामान वा निर्माण कार्य वा परामर्श सेवाको खरिदलाई सार्वजनिक खरिद ऐन तथा नियमावलीले सोझै खरिद अन्तर्गत राखेको छ। एक आर्थिक बर्षमा एकै पटक वा पटक पटक गरी एउटै व्यक्ति, फर्म, कम्पनी वा संस्थाबाट ५ लाख भन्दा बढीको सोझै खरिद गर्न सकिदैँन्। प्रतिस्पर्धालाई सिमित गर्ने उदेश्यले खरिदलाई टुक्रापारी खरिद गर्नु हुँदैन। एक लाख रुपैयाँ भन्दा बढी पाँच लाख रुपैँया रकमको सोझै खरिद गर्दा मौजुदा सूचीमा रहेका कम्तीमा तीनवटा आपूर्तिकर्ता, निर्माण व्यवसायी, परामर्शदाता वा सेवाप्रदायकबाट लिखितरुपमा दरभाउपत्र वा प्रस्ताव माग गरी खरिद गर्नु पर्छ भने एक लाख रुपैँया सम्मको खरिद गर्दा मौजुदा सूचीमा सूचीकृत कुनै आपूर्तिकर्ता, निर्माण व्यवसायी, परामर्शदाता वा सेवाप्रदायकबाट खरिद गर्न सकिन्छ।

सोझै खरिद गर्नुअघि यकिन गर्नुपर्ने कुराहरु:
1. खरिद गर्नु पर्ने मालसामान भण्डारमा मौज्दात भए वा नभएको,
2. प्रस्तावित निर्माण व्यवसायी, आपूर्तिकर्ता, परामर्शदाता वा सेवा प्रदायकसँग खरिद सम्झौता बमोजिमको कार्यसम्पादन गर्न आवश्यक योग्यता भए वा नभएको,
3. प्रस्तावित निर्माण व्यवसायी, आपूर्तिकर्ता, परामर्शदाता वा सेवा प्रदायकले सार्वजनिक निकायको माग बमोजिम पेश गरेको प्रस्ताव त्यस्तो निकायले निर्धारण गरेको स्पेसिफिकेशन तथा प्राविधिक गुणस्तर बमोजिमको भए वा नभएको, र
4. प्रस्तावित निर्माण व्यवसायी, आपूर्तिकर्ता, परामर्शदाता वा अन्य सेवा प्रदायकबाट प्रस्ताव गरिएको मूल्य उचित भए वा नभएको ।

एक लाख देखी पाँच लाख सम्मको खरिदका लागी अबलम्बन गर्नुपर्ने चरणहरु:
1. खरिद आवश्यकताको पहिचान तथा माग संकलन गर्ने
2. मालसमानको प्राविधिक गुणस्तर र स्पेसिफिकेशन तयार गर्ने
3. कार्यालयमा सुचीकृत फर्महरुसँग दररेट माग गरी लागत अनुमान तयार गर्ने
4. लागत अनुमान र स्पेसिफिकेशन अधिकार प्राप्त अधिकारीबाट स्वीकृत गराउने
5. सुचीकृत कम्तीमा ३ वटा फर्मसँग छुट्टाछुट्टै दरभाउपत्र वा प्रस्ताव माग गर्ने
6. दरभाउपत्र वा प्रस्तावको तुलनात्मक मुल्याङ्कन गर्ने
7. न्युनतम मुल्याङ्कित सारभुतरुपमा प्रभावग्राही दरभाउपत्र वा प्रस्ताव छनौट गर्ने
8. मालसमान वा निर्माण कार्य वा परामर्श सेवा प्राप्त गर्ने
9. आवश्यक करकट्टी गरी बिलबमोजिम भुक्तानी दिने

१लाख सम्मको खरिदको लागी सम्बन्धित सार्वजनिक निकायले उपयुक्त ठानेको कार्यालयमा सुचीकृत आपुर्तिकर्ता, निर्माण व्यवसायी, परामर्शदाता वा अन्य सेवा प्रदायकबाट सोझै सेवा लिन सक्छ। यसको लागी ३ वटा बेग्लाबेग्लै फर्महरुसँग दरभाउपत्र वा प्रस्ताव मागिरहनु पर्दैन तर एक आर्थिक बर्षमा एउटा फर्मसँग एकपटक भन्दा बढी खरिद गर्न सकिँदैन।

प्रतिक्रिया दिनुहोस