९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीमा समाधानका लागि राष्ट्रिय एकता : नेता सिटौला

अ+ अ-

गलकोट । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले देशको सीमाका सन्दर्भमा पक्षविपक्ष नभई राष्ट्रिय एकता कायम गर्न आवश्यक रहेको बताएका छन् । उनले नेपालमा पहिलोपटक सीमाका विषयमा राष्ट्रिय एकता कायम हुन थालेको उल्लेख गर्दै सीमा सुरक्षाका विषयमा एक भएर उभिनुपर्ने बताए ।

उपनिर्वाचनलाई लक्षित गरी बागलुङ आएका पूर्वगृहमन्त्रीसमेत रहेका नेता सिटौलाले सीमा समाधानको विषय समाधानका लागि सरकारलाई कांग्रेसले सहयोग गर्ने उल्लेख गरे ।

बागलुङका बडिगाड गाउँपालिका–२ मा हुन लागेको उपनिर्वाचनलाई लाक्षित गरी खर्वाङ आएका सिटौलाले कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा निर्वाचन प्रजातान्त्रिक प्रक्रिया भएकाले आचारसंहिता भित्र रही सभ्य रुपमा प्रतिस्पर्धा गर्न र निर्वाचनमा लाग्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले निर्वाचन लोकतन्त्रको सुन्दर गहना भएको भन्दै सिङ्गो पार्टी एक ढिक्का भएर चुनावमा लाग्न कार्यकर्तालाई आग्रह गरेका थिए । उनले निर्वाचनमा सबै खटेर परिणाम आफ्नो पक्षमा पार्न आग्रहसमेत गरेका छन् ।

सो वडाका अध्यक्ष विष्णु भुषाल जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएपछि उक्त पदमा उपनिर्वाचन हुन लागेको हो । कार्यक्रममा जिल्ला सभापति दीपेन्द्रबहादुर थापा, सांसद ज्ञानकुमारी छन्त्याल, प्रदेश सांसद मणिभद्र कँडेल, लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

बागलुङ क्षेत्र नम्बर २ को प्रदेश सभा ‘ख’ का सांसद टेकबहादुर घर्तीको गत वर्ष निधन भएपछि उक्त क्षेत्रमा समेत निर्वाचन हुँदैछ । निर्वाचनलाई लक्षित गरी केन्द्रीय नेता बागलुङ आउनेक्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस