८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हात्ती नियन्त्रणका लागि करेन्टको जथाभावी प्रयोगले झापामा ४० को मृत्यु

अ+ अ-

सुरुङ्गा । गत कात्तिक १६ गते हात्ती धपाउन लगाइएको विद्युतीय तारमा परेर झापामा दुई जनाको एकै साथ मृत्यु भयो ।

मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–४ निवासी १८ वर्षीय अनिष राई र उनकै मामा भोजपुर निवासी ३५ वर्षीय मणिराम राई रहेका छन् । उनीहरुलाई वुद्धशान्ति गाउँपालिका–४ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारमा परेर करेन्ट लागेको थियो ।

त्यस्तै हिजो मङ्सिर १ गते आइतबार पनि मेचीनगर–९ निवासी ५७ वर्षीय बुद्धिमाया तामाङको हात्ती धपाउन प्रयोग गरिएको विद्युतीय तारमा परी करेन्ट लागेर मृत्यु भयो । गाई वस्तु धपाउने क्रममा तामाङलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । करेन्ट लागेर तामाङको पनि घटनास्थलमै मृत्यु भएको थियो ।

माथिका दुई वटा घटना पछिल्ला प्रतिनिधि घटना मात्रै हुन् । जङ्गली हात्तीबाट जोगिन विच्छ्याइएको विद्युतीय तारमा परी झापामा यस अघि धेरैले ज्यान गुमाइसकेका छन् । मेचीनगर–९ माथिल्लो मागुरमाडीका ६० वर्षीय गङ्गा थपलियाको पनि गत साउनमा विद्युतीय धरापमा परी मृत्यु भयो ।

त्यस्तै अर्जुनधारा–४ दहिझोडा निवासी २५ वर्षीया अनु लिम्बू, मेचीनगर–३ धरधरेका ५८ वर्षीय डिल्ले गहतराज, भद्रपुर–१० का ७१ वर्षीय डम्वरबहादुर लिम्बूसहित धेरैले विद्युतीय धरापमा परी ज्यान गुमाए ।

गत असारमा रणकाली सामुदायिक वन हल्दिबारी–३ मा हात्ती धपाउन प्रयोग गरिएको विद्युतीय तारमा परेर तीन वटा हात्ती मरेका थिए । यसअघि पनि विद्युतीय तारमा परी झापा र इलामको सिमानामा पर्ने इरौँटार–८ मा एउटा पोथी हात्ती मरेको थियो ।

झापाका विभिन्न क्षेत्रमा पछिल्लो समय हात्ती नियन्त्रणका लागि भन्दै जथाभावी विद्युतीय तारको प्रयोग गरिएको छ । तर त्यही तारमा परेर एक पछि अर्को गर्दै मानिसको मृत्यु हुन थालेपछि चिन्ता थपिएको डिभिजनल वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरे बताउँछन् । उनी भन्छन्, “२०६७ साल यता विद्युतीय तारमा परी ४० जनाले ज्यान गुमाइसकेका छन् भने छावासहित ११ वटा हात्ती मरेका छन् ।

हात्ती नियन्त्रणका लागि भन्दै डिभिजनल वन कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल विद्युत् प्राधिकरणको अनुमति नलिई हात्ती प्रभावित क्षेत्रका वासिन्दाले विद्युतीय तारको जथाभावी प्रयोग गरेका छन् । “यसो गर्न पाँइदैन, हात्तीबाट जोगिन लगाइएको तारमा परेर आफ्नै मृत्यु हुनुले आफ्नो काल आफैँ निम्याए झैँ भइरहेको छ”, डिभिजनल प्रमुख घिमिरे भन्छन्, “हात्ती नियन्त्रणका नाममा तारमा करेन्ट जथाभावी छाड्ने अधिकार कसैलाई छैन, विद्युतीय तार मानव र जङ्गली हात्ती दुवैका लागि काल हो ।”

प्रतिक्रिया दिनुहोस