बारा । स्रोत नखुलेको ३५ लाख ५० हजारसहित दुई जना पक्राउ परेका छन् । सिम्रौनगढ नगरपालिका– ७ का सुनिल महतो र राजन दुबे स्रात नखुलेको रुपैयाँसहित पक्राउ परेका हुन् ।
सोमबार अवैध हुण्डीको पैसा लिई ना२६प १६४९ न को मोटरसाइकलमा दुईजना व्यक्ति आउँदै गरेको सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पचरौता नगरपालिका– लंगडाचोकमा पक्राउ गरेको हो ।
पक्राउ परेका दुबैजनालाई बैंक तथा वित्तीय संस्था सम्बन्धी कसूर, २०७३ अन्तर्गत मुद्दा चलाएर थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।