८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अतिक्रमणमा परेको नेपाली भूमि फर्काएरै छाड्छौं : नेता शर्मा

अ+ अ-

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले सरकारले अतिक्रमण परेको नेपालको भूमि फर्काएरै छाड्ने बताएका छन् ।

आगामी १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश नं १ (क) मा हुने प्रदेशसभा सदस्य पदको उपनिर्वाचनका लागि नेकपाका उम्मेदवार डिपी ढकालका लागि भोट माग्न आज नगरकोटमा आयोजना गरिएको घरदैलो कार्यक्रममा उनले भने, ‘हाम्रो कालापानी, लिपुलेक, लुम्पियाधुरा फर्काउने अभियान सरकारले शुरु गरिसकेको छ, सरकारले नेपालको एक इन्च भूमि पनि छोड्दैन ।’

उज्यालो, समृद्ध र सुन्दर नेपाल बनाउन नेकपाको विकल्प नभएको बताउँदै उनले यहाँको विकासको चाहने आमनागरिकले डिपी ढकाललाई मतदान गर्नुपर्ने बताए ।

आफ्नो पार्टीको कमजोरी र गल्तीविरुद्ध आवाज उठाउने पार्टी नेकपा मात्रै भएको बताउँदै शर्माले भने, ‘नगरकोट सडक निर्माण अलपत्र परेको बारेमा नेकपाले विरोध गर्‍यो, त्यसैले अबको तीन महिनाभित्र भक्तपुर नगरकोट सडक निर्माण सम्पन्न गर्नेगरी नेकपाले ठेकेदारसँग लिखित सम्झौता गरेको छ, त्यसैले यो सडक निर्माणको बाँकी काम गर्न शुरु भइसकेको छ ।’

कार्यक्रममा सांसद महेश बस्नेतले वर्तमान सरकारले तेलकोटबाट नगरकोट जाने वैकल्पिक सडक निर्माण एवं कालोपत्र गरी स्व। हरिशरण मार्ग नामकरण गरिसकेको, नगरकोटमा नयाँ बसपार्क निर्माण कार्य शुरु गर्न लागिएको, नगरकोटमा पर्यटकीय भ्यू टावर निर्माण आगाडि बढाइएको र हरिगुरु पार्क निर्माण गरिने चर्चा गर्दै चाँगु क्षेत्रको विकासका लागि ढकाल मात्रै उपयुक्त उम्मेदवार भएको दाबी गरे ।

कार्यक्रममा नेकपाका सांसद एवं केन्द्रीय सदस्य गणेश पहाडी, केन्द्रीय सदस्य एवं नगरप्रमुख सोमप्रसाद मिश्र, नेकपा जिल्ला अध्यक्ष बचन देउजा, नेता राजेन्द्र राजथला लगायतले विसका गर्न सक्ने उम्मेदवार नेकपामा मात्रै रहेको दाबी गरे । राप्रपाको नेता सुरज दर्जीको नेतृत्वमा २० र कांग्रेसका १० जना गरी ३० जना नेकपा प्रवेश गर्नेलाई नेकपा नेताले टीका र माला लगाई पार्टी प्रवेश गराएको नेकपा अध्यक्ष देउजाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस