७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवालाई दिए सञ्चारमन्त्रीले यस्तो जवाफ !

अ+ अ-

काठमाडौं । सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले प्रमुख प्रतिपक्षीदल नेपाली कांगे्रसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई जवाफ फर्काएका छन् । मन्त्री बास्कोटाले शनिवार देउवाले कास्कीको चुनावी सभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आरोप लगाउँदै बोलेको अभिव्यक्ति प्रति खण्डन गर्दे जवाफ फर्काएका हुन् ।

आइतबार बिहान पत्रकार महासंघ कास्कीले गरेको कार्यक्रममा देउवाको अभिव्यक्तिको खण्डन गर्दै सन्चार मन्त्री तथा सरकारका प्रवक्ता बास्कोटाले जवाफ दिएका हुन् ।

उनले जवाफमा भनेका छन्, ‘श्रीमान देउवाजीलाई स्पष्ट भन्न चाहन्छु, हाम्रो बोली लरबरिन्न, देशभक्तिको विषयमा नाकाबन्दीमा एक शब्द बोल्न नसकेर म्याउँ गर्न नसक्ने, अहिले ठुल्ठुलो ढाडे बनेर चुनाव आयो भनेर कुर्लेर हुन्छ ?’

“प्रमुख प्रतिपक्षी दल जस्तो जिम्मेवार दलको नेताले लगाउनुभयो भन्ने मलाई पटक्कै विश्वास छैन । यदि लगाउनुभएको हो भने उहाँको बारेमा केही गम्भीर प्रश्न उठाउनुपर्ने भयो, यसअघि नेपाल र भारत सीमा सम्बन्धका विषयमा वा कैयौँ विवादास्पद सन्धि सम्झौताका बेलामा उहाँले आत्मसमर्पण गरेर त्यो कुरा गर्नुभयो वा अरुको अलिकति एकलौटी पेलाइमा पर्नुभयो भन्ने प्रश्नको जवाफ उहाँले दिनुपर्ने हुन्छ,” उनले भने, “टनकपुर सन्धि हामीले बिर्सेका छैनौँ, जसलाई सर्वोच्च अदालतले सच्याउनुपर्यो, त्यो सन्धिप्रति खुद शेरबहादुर देउवाको दृष्टिकोण के ? जसलाई सर्वोच्च अदालतले पनि गलत हो भनेर भनेको छ र त्यो सन्धि कसको पालामा भएको थियो ।”

कालापानी र लिपुलेकको विषयमा सरकारले आफ्नो धारणा सार्वजनिक गरिसकेको बताउँदै मन्त्री बास्कोटाले भने, ‘भारतले अहिले जारी गरेको राजनीतिक नक्साप्रति इतिहासमै पहिलोपल्ट नेपालको सिटिङ प्राइममिनिष्टरले म यो मान्दिनँ नेपालको लागि यो स्वीकार्य छैन भनेर बोल्यो ।’

पोखरमा देउवाले बोलेको यस्तो अभिव्यक्ति प्रति उनले खेद प्रकट गरेका छन् ।

चुनावको नजिक आएर यो विषयलाई चुनावी मसला बनाउनु साह्रै झुर, गैरजिम्मेवारपूर्ण कुरा भएको मन्त्री बास्कोटाले बताए । उनले देउवाले पोखरा पुगेर यस्तो आरोप लगाएर चुनावी मसला बनाउनु र चुनावी हार जितलाई देशभक्ति प्रतिको प्रश्नमा जोड्नु आपत्तिजनक कुरा भएको बताएका छन् ।

मन्त्री बास्कोटाले आरोप लगाउने हो भने, कोशी, गण्डकीमा सम्झौता गर्दाखेरि ती सबैको एकमुष्ट जवाफ शेरबहादुर देउवाले दिनुपर्ने तर्क गरेका छन् ।

देउवाले शनिबार कास्की–२को चुनावी सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीलाई नेपाली भूभागको रक्षा गर्न नसकेको भन्दै ओलीले कालापानी र लिपुलेक भारतलाई बुझाएर सबैभन्दा ठूलो राष्ट्रघात गरेको अभिव्यक्ति दिएका थिए ।

देउवाले आफूले महाकाली सन्धि गर्दा कालापानी महाकाली पूर्वमा रहेको र अहिले भारतले ओलीकै सहमतिमा नयाँ नक्सा सार्वजनिक गरेको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस