१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीद्वारा नमूना मतदान

अ+ अ-

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिकामा मङ्सिर १४ गते हुने उपनिर्वाचनमा खटिएकाले नमूना मतदानको आयोजना गरेका छन् । सो गाउँपालिकामा आगामी मङ्सिर १४ गते हुने उपाध्यक्ष पदको उपनिर्वाचनका लागि मतदान केन्द्रमा खटिएका कर्मचारीद्वारा नमूना मतदानको आयोजना गरिएको छ ।

गाउँपालिकामा रहेका पाँचवटै मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृतलाई निर्वाचन प्रक्रियाका बारेमा तालीमका साथै नमूना मतदान गरिएको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिए । यसरी मतदान अधिकृत र सहायक मतदान अधिकृत मतदान प्रक्रियामा स्पष्ट भएपछि मतदातालाई पनि सोहीअनुसार मतदान गराएर बदर मत घटाउन निर्वाचनमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई एक दिने तालीम दिएको निर्वाचन अधिकारी शर्माले जानकारी दिए ।

कर्मचारीले निर्वाचन सामग्री बुझे

खार्पुनाथको उपनिवार्चनका लागि खटिएका कर्मचारीले निर्वाचनका लागि आवश्यक पर्ने सबै सामग्री बुझेका छन् । मतदानका लागि आवश्यक पर्ने ६४ प्रकारका निवाचन सामग्री पाँचवटै मतदान अधिकृतले बुझेको जिल्ला निर्वाचन अधिकारी शर्माले बताए ।

निर्वाचन सामग्रीमा सियो धागोदेखि सेतो कागज हुँदै मतपत्रसम्मका सामान रहेका छन् । खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि पाँचवटै मतदान केन्द्रमा मतदान सम्पन्न गराउनका लागि एक जना अधिकृत, एक जना सहायक मतदान कर्मचारी, एकजना सहायक कर्मचारी र दुईजना सहयोगी कर्मचारी २५ कर्मचारी खटाइएको छ ।

वडा नम्बर १ को मालिका मावि मतदान केन्द्र लालीमा मतदान अधिकृत रामसुरत पाल, सहायक मतदान अधिकृत लक्ष्मी अधिकारी, वडा २ को शङ्कर आधारभूत विद्यालय मतदान केन्द्र थालीमा मतदान अधिकृत उदयकान्त अधिकारी, सहायक मतदान अधिकृत दानबहादुर रावत, वडा ३ को हुम्ला मावि राया मतदान केन्द्र रायामा मतदान अधिकृत रामबहादुर विष्ट, सहायक मतदान अधिकृत विष्णुप्रसाद न्यौपाने, वडा ४ को सीता मावि मतदान केन्द्र छिप्रामा मतदान अधिकृत ज्ञानेन्द्र सिंह बुढ्थापा, सहायक मतदान अधिकृत रमाकान्त आचार्य र वडा ५ को मान्धारा मावि मतदान केन्द्र खर्पेल गाउँमा मतदान अधिकृत मदनप्रसाद जैसवाल, सहायक मतदान अधिकृत विद्याराज बुढालाई खटाइएको छ ।

जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईको नेतृत्वमा उपनिर्वाचन हुने खार्पुनाथ गाउँपालिकाको पाँचवटै मतदान केन्द्रको स्थलगत अनुगमन गर्ने कार्य सम्पन्न भएको र सबै मतदान केन्द्रको स्थिति सामान्य रहेको प्रजिअ भट्टराईले जानकारी दिए । खार्पुनाथ गाउँपालिकाको उपनिर्वाचनमा तीन हजार ३८७ मतदाता निर्वाचनमा सहभागी हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस