७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपनिर्वाचन २०७६ : सिरहा, सिन्धुपाल्चोक र प्यूठानमा मतदान जारी

अ+ अ-

लहान । सिरहाको कल्याणपुर नगरपालिका–१२ को वडाध्यक्ष पदका लागि आज बिहानबाट मतदान जारी छ । सो वडाको चारवटै मतदान केन्द्रमा बिहानैदेखि शान्तिपूर्णरूपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय सिरहाका प्रमुख इन्दिरा यादवले जानकारी दिए ।

उपनिर्वाचनलाई मध्यनजर गरी सिरहाको दक्षिणी भेगमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । अहिले सो क्षेत्रमा आउजाउ गर्ने बटुवा र सवारी साधनालाई जाँचमा कडा पारीको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । उपनिर्वाचनमा तिलासी बेलहामा ७४९ र विष्णुचरण आधारभूत विद्यालय बेलहा (क), (ख) र (ग) मा दुई हजार ७०० एक गरी कूल तीन हजार ४५० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ ।

पहिलो स्थानीय तहको निर्वाचनपछि कल्याणपुर–१२ मा १८० मतदाता थपिएका छन् । रिक्त रहेको सो वडाको वडाध्यक्ष पदका लागि विभिन्न आठ दल तथा स्वतन्त्र गरी १३ उम्मेदवार चुनावी मैदान छन् । वडाध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट दिलीपकुमार यादव, नेपाली काङ्ग्रेसबाट राजकुमार मुखिया, राजपा नेपालबाट प्रदीपकुमार महतो, समाजवादी पार्टी नेपालबाट किशोरी साह, सिके राउत नेतृत्वको जनमत पार्टीबाट मो अताउल रहमान, राप्रपाबाट मो वसिर राइन र राप्रपा संयुक्तबाट मो अताबुल राइन, नेपाल लोकतान्त्रिक पार्टीबाट राजलाल सदा चुनावी मैदानमा छन् ।

यस्तै सूर्यनारायण राय, श्यामबाबु दास, रामअशिष सिंह, गौरीशङ्कर यादव, हेबु मुखिया पनि स्वतन्त्र हैसियतमा चुनावी दौडमा छन् । विसं २०७४ मा भएको पहिलो स्थानीय तह निर्वाचनमा कल्याणपुर नगरपालिका–१२ को वडाध्यक्ष पदमा काङ्ग्रेसबाट निर्वाचित रामदेव यादवको २०७५ वैशाख १८ गते मृत्यु भएपछि त्यहाँ उपनिर्वाचन भएको हो ।

मेलम्ची : वडाध्यक्षका लागि उपनिर्वाचनको मतदान शान्तिपूर्वकरूपमा जारी छ । इन्द्रावती गाउँपालिका–८ मा बिहान ७ बजेबाट मतदाता मतदान गर्न लाइनबद्ध छन् । सो वडामा एक हजार ४०४ मतदाता रहेका छन । मतदान शन्तिपूर्वक चलिरहेको जिल्ला निर्वाचन कार्यालयका अधिकारी खेमराज थापाले जानकारी दिए ।

नेकपाबाट केदारनाथ आचार्य, काङ्ग्रेसबाट राले तामाङ, राप्रपाबाट रनबहादुर तामाङ र राप्रपा संयुक्त ढकबहादुर श्रेष्ठ वडाध्यक्षका उम्मेदवार रहेका छन् । समाजवादी पार्टीका प्रकाश श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन् । गत वर्ष सो वडाका अध्यक्ष धनबहादुर श्रेष्ठको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

प्यूठान : उपनिर्वाचन २०७६ मा प्यूठानको तीन वटै वडामा बिहानैदेखि मतदान शुरू भएको छ । प्यूठान नगरपालिका–२, ऐेरावती गाउँपालिका–१ र २ वडामा उपनिर्वाचन हुनलागेको हो । उपनिर्वाचनमा ३ वडाका आठ हजार ३४६ मतदाता छन् भने आठ स्थानका १२ मतदान केन्द्रबाट मतदानकार्य जारी रहेको मुख्य निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए । बिहान नौ बजेसम्ममा ७०० भन्दा बढी मत खसेको उनले बताए ।

तीन वडाध्यक्षका लागि सात जनाले उमेदवारी दिएका छन् । ऐरावती गाउँपालिका–१ मा वडाध्यक्षका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट दोर्णप्रसाद पाण्डे र नेपाली काङ्ग्रेसबाट अमर रेश्मीको प्रतिस्पर्धा रहेको छ भने ऐरावती गाउपालिका–२ मा तीन उमेदवार छन् । राजमोबाट भक्तबहादुर विक, काङ्ग्रेसबाट भुपालसिं जिसी र स्वतन्त्र लौरो चिहबाट भीमेष घर्तीमगर उम्मेदवार रहेका छन्। त्यसैगरी प्यूठान नगरपालिकाबाट नेकपाका मुक्ति पोखरेल र काङ्ग्रेसका मोहनसिं बिष्ट वडाध्यक्षका उमेदवार छन् । प्यूठान नगरपालिका–२ र ऐेरावती गाउँपालिका–१ मा राजमोले नेकपालाई सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस