६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवा ओभरसिजमा विभागको छापा, निःशुल्क टिकट र भिसामा सवा लाख असुल्दै आएको खुलासा

अ+ अ-

काठमाडौँ । निःशुल्क श्रम सम्झौता गरेको मुलुकका लागि मोटो रकम असुल्दै आएको एक म्यान पावर कम्पनीमा वैदेशिक रोजगार विभागले छापा मारी नगद बरामद गरेको छ ।

विभागले आइतबार सिनामङ्गलस्थित रसुवा ओभरसिजले संयुक्त अरब इमिरेट्समा वैदेशिक रोजगारमा जाने कामदारसँग प्रति व्यक्ति एक लाख पच्चीस हजार रुपैयाँ लिँदै गर्दा रङ्गेहात नगद रकम बरामद गरेको हो ।

टिकट र भिसा शुल्क समेत निःशुल्क हुने गरी सरकारले श्रम सम्झौता गरेको र इजाजतपत्रवालाले समेत सोही बमोजिम विज्ञापन समेत गरेको संयुक्त अरब इमिरेट्समा वैदेशिक रोजगारमा जाने कामदारसँग प्रति व्यक्ति एक लाख २५ हजारका दरले रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा विभागको टोलीले दुई जना कामदारसँग एक लाख २५ हजार बुझिसकेको अवस्थामा रकमसहित बरामद गरेको विभागले जनाएको छ ।

दुबईको तामायाज इम्प्लोइमेन्ट सर्भिसेज मा बिल्डिङ लेबरको पदमा मासिक आठ सय दिराम तलब पाउने कामको लागि आफूहरूसँग प्रति व्यक्ति एक लाख पच्चीस हजार माग गरिरहेको भन्ने उजुरीपछि विभागबाट आकस्मिक टोली खटिएको थियो । विभागमा सुरेन्द्र राना मगर, वालकृष्ण गरञ्जा मगर, समीर गरञ्जा मगर,सन्त बहादुर गरञ्जा मगर र योग बहादुर गरुम्छानले विभागमा तोकिएको सेवा शुल्कमा विदेश जान पाउँ भनी उजुरी दर्ता गराएका थिए ।

विभागको टोली म्यानपावर कार्यालयमा पुग्दा रकम लिनको लागि मतियारको रूपमा खटाएका जित बहादुर बमजनले योग बहादुर गरुम्छानवाट ७० हजार र सन्त बहादुर गरञ्जा मगरबाट एक लाख दस हजार बुझिसकेको र बाँकी तीन जनासँग रकम बुझ्ने तरखरमा रहेको वेला छापा मारी नगद रकम सहित रङ्गे हात फेला पारेको विभागले जनाएको छ ।

अन्य तीन जनासँग यस भन्दा अघि नै जितबहादुर बमजनले नगदै पैतीस हजार बुझिसकेको र बाँकी रकम बुझाउनको लागि आइतबार म्यानपावर कार्यालय बोलाएको बुझिएको छ । रकम लिनको लागि जित बहादुर बमजनलाई खटाएको सञ्चालक सुवर्ण लामाले स्वीकार गरेको विभागले जनाएको छ ।

पाँच जनामध्ये चार जनाको श्रम स्वीकृति निकाली सकेको अवस्थामा म्यानपावरले आफूले भने जतिको रकम नदिएको कारणउनीहरुलाई हवाइटिकट उपलब्ध नगराएको टोलीले फेला पारेको छ ।

विभागको टोलीले पाँचै जना कामदारलाई नेपाल सरकारले तोकेको सेवा शुल्कमा वैदेशिक रोजगारमा पठाउने र नगदै लिएको बढी रकम कामदारलाई फिर्ता दिने गरी संस्थालाई कागज गराएको छ । पाँचै जनालाई बुधवारको टिकट म्यानपावरले उपलब्ध गराएको छ । थप अनुसन्धानको लागि रकम बुझ्ने जितमान र म्यानपावर सञ्चालकलाई मङ्गलवार विभागमा उपस्थित हुन पत्र काटेको छ ।

प्रतिक्रिया दिनुहोस