१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१८ महिलाले पाए सेनेटरी प्याड बनाउने काम

अ+ अ-

बनेपा । सेनेटरी प्याड बनाउने काममा यहाँका १८ जना महिलाले रोजगारी पाएका छन् । रोटरी क्लब अफ धुलिखेलको आर्थिक सहयोग, आई.इडी नेपालको प्राविधिक सहयोग र धुलिखेल उद्योग वाणिज्य संघले दुई महिनादेखि सेनेटरी प्याड सिलाउने काम सञ्चालन भइरहेको छ ।

प्याड सिलाइमा काम गर्नेहरु बिहान १० बजे आउने र दिउँसो साढे ३ बजे फर्कने गरी काममा लगाएको टोलीनेता सरिता मल्लले बताइन् । उनको काम उत्पादन भएको प्याड व्यवस्थित बनाएर त्यससँगै साबुन र अन्य जानकारीमूलक सामग्री राखेर झोलामा पोको पार प्याक गर्ने हो । ‘महिनाको ९ हजार दिने गरेर १८ जना महिलालाई रोजगारी दिइरहेका छौँ’, उनले भनिन्, ‘तत्कालका लागि ६ महिनाको योजना बनाएर काम शुरु गरिएको छ ।’ त्यसरी काम गर्न थालेको दुई महिना भयो । काममा धुलिखेल, बतासे, बनेपा, खावा लगायतका महिलाहरु सो काममा लागिरहेका छन् । दिनमा ६०/७० प्याकेट प्याड उत्पादन हुने मल्लले बताइन् ।

शुरुमा एक हप्ताको तालीम दिएर सिकेकामध्ये १८ जनालाई प्याड उत्पादनमा अवसर प्रदान गरेको रोटरी क्लब अफ धुलिखेलका पूर्वअध्यक्ष रञ्जीव श्रेष्ठले बताए । उनले भने, ‘अहिलेसम्ममा दुई हजार पोका उत्पादन गरिसकेकोमध्ये केही मात्रमा विद्यालयका बालिकालाई वितरण गरिसकेका छौँ ।’ उत्पादन गरेको प्याडसँगै प्रयोग गर्ने जानकारीमूलक सामग्रीसहितको पोको बनाएर विद्यार्थीलाई वितरण गर्ने गरेको उनको भनाइ छ ।

दुईवटा सेनेटरी प्याडसँगै त्यसको प्रयोग गर्ने तरिका, साबुन, प्रजनन स्वाथ्यसम्बन्धी जानकारी र अन्य सरसफाइका बारेमा समेत जानकारीमूलक सामग्री रहेको पोको तयारी पारी विद्यालयका विद्यार्थीलाई वितरण गर्दै आएको श्रेष्ठले बताए ।

त्यसरी उत्पादन गरेको प्याड अहिलेसम्ममा धनुषा जिल्लाको ६ र सिरहा जिल्लाको १२ गरी १८ विद्यालयका विद्यार्थीलाई वितरण गरिसकेको जनाएको छ । उनका अनुसार नेपालमा उत्पादन हुँदै आएको प्याडमा पनि उच्च गुणस्तरको कपडा प्रयोग गरी बनाएको सो प्याड बातावरणमैत्री रहेको छ । त्यसरी बनाएको प्याड प्रयोग गरेको दुईदेखि तीन वर्षसम्म पुनः प्रयोग गर्न सकिने जनाएको छ ।

अहिलेसम्ममा दुई हजार वटा प्याड उत्पादन गरिसकेको र अब तीनदेखि ५ हजार प्याड उत्पादन गर्ने र विभिन्न जिल्लाका ५० वटा विद्यालयमा वितरण गर्ने योजना रहेको श्रेष्ठले बताए । सो परिमाण सम्पन्न भएपछि सिलाइमा प्रयोग भएको २५ वटा मेशिन, ६ वटा इन्टर लग र ५ वटा कपडा काट्ने मेशिन व्यावसायिक तालीम केन्द्र स्थापना गरी उद्यमी महिलालाई वितरण गर्ने योजनामा रहेको क्लबका पूर्वअध्यक्ष श्रेष्ठले बताए ।

धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोजुले क्लबले आयोजना गरेको परियोजनामा निःशुल्क रुपमा हल उपलब्ध गराएको बताए । अध्यक्ष कोजुले भने, ‘परियोजना सकेपछि पनि विद्यालय, संघसंस्था र कुनै अस्पतालले माग गरेको खण्डमा प्याड निर्माण गरी वितरण गर्ने किसिमले कामलाई निरन्तरता दिन उद्योग वाणिज्य संघले योजना बनाइरहेको छ ।’ एकातिर आवश्यकताको विषय, अर्कोतिर महिलाले पाएको रोजगारीलाई निरन्तरता दिनका लागि उद्योग वाणिज्य संघ लागिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस