१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पृथ्वी प्रज्ञा–पुरस्कार शताब्दी पुरुष जोशीलाई प्रदान

अ+ अ-

काठमाडौं । सरकारीस्तरबाट प्रदान गरिने देशकै सर्वाधिक राशिको पृथ्वी प्रज्ञा–पुरस्कार वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई दिइएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानले ४ वर्षमा दिने पुरस्कारको राशि रु ४ लाख नगदसहित दोसल्ला र सम्मानपत्र छ । राष्ट्रपति निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी पुरुष जोशीलाई पुरस्कार प्रदान गरिन् ।

यसैगरी नेपाल प्रज्ञा सामाजिक शास्त्र/संस्कृति/दर्शन पुरस्कार प्रा डा.त्रिरत्ननारायण मानन्धरलाई प्रदान गरियो । प्रत्येक दुई वर्षमा प्रदान गरिने सो पुरस्कारको राशि रु एक लाखसहित दोसल्ला र सम्मानपत्र छ । नेपाल प्रज्ञा भाषा पुरस्कार प्रा डा.टङ्कप्रसाद न्यौपानेलाई प्रदान गरियो । प्रत्येक दुई वर्षमा दिइने उक्त पुरस्कारको राशि रु एक लाख, दोसल्ला र सम्मानपत्र छ ।

नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार (२०७५) मदन रेग्मी, नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार (२०७६) भागीरथी श्रेष्ठ, नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (२०७५) पहाडी र हिमाली क्षेत्रमा बोलिने मातृभाषा साहित्यका लागि अमर तुम्याहाङ, नेपाल प्रज्ञा मातृभाषासाहित्य पुरस्कार (२०७५) तराई–मधेशमा बोलिने मातृभाषा साहित्यका लागि अयोध्यानाथ चौधरी, नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (२०७६) पहाडी र हिमाली क्षेत्रमा बोलिने मातृभाषा साहित्यका लागि अमृत योञ्जन तामाङ तथा नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (२०७६) तराई–मधेशमा बोलिने मातृभाषा साहित्यका लागि अशोक थारुलाई प्रदान गरिएको थियो ।

उक्त पाँचवटै पुरस्कारको राशि रु एक लाख नगद, दोसल्ला र सम्मानपत्र छ । राष्ट्रपति भण्डारीले राष्ट्रिय कविता महोत्सव २०७६ मा विजयी कविलाई पनि पुरस्कृत गरिन् ।

महोत्सवमा पहिलो स्थान हासिल गर्ने धादिङका हेम प्रभासलाई रु ३५ हजार, दोस्रो स्थान हासिल गर्ने डोटीका सुभाषचन्द्र भण्डारीलाई रु २५ हजार, तेस्रो स्थान हासिल गर्ने लमजुङका प्रज्वल अधिकारी, सोलुखुम्बुकी शान्ति शर्मा र काठमाडौँका प्रकाश बस्नेतलाई रु २० हजार प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले वाङ्मय क्षेत्रको विकासका लागि सम्मानले सहयोग गर्ने बताइन्। प्रकृति र संस्कृतिसँग एकाकार गरी साहित्य सिर्जना गरेर राष्ट्रियतालाई अभिवृद्धि गर्न सकिने उनले उल्लेख गरिन्। ‘राजनीतिक परिवर्तनलाई कला र साहित्यले ऊर्जा प्रदान गर्नुपर्छ, प्राचीन संस्कृति बोकेको स्वाधीन मुलुकमा सुदृढ सहिष्णुता छ, त्यसलाई कायम राख्न साहित्य क्षेत्रले योगदान गर्नुपर्छ’, उनले भनिन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले पूर्वीय सभ्यताले एकताको सन्देश दिएकाले अनेकौँ अप्ठ्याराबाट मुलुक जोगिँदै आएको बताए । एक सय २३ भाषा, अनेकौं धर्म संस्कृति भएका नेपाली राष्ट्रियताबाट सङ्गठित भएका उनको भनाइ थियो ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले यसै साताभित्र महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवासलाई सङ्ग्रहालयका रुपमा स्थापित गर्ने अभियान शुरु हुने जानकारी दिए । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ, सदस्य सचिव जगतप्रसाद उपाध्याय, सदस्य हेमनाथ पौडेललगायतले प्रतिष्ठानबाट प्रदान गरिने पुरस्कारका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस