१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भगवतीमाई गाउँपालिकामा युवा स्थापित डोजर विस्थापित नीति लागू

अ+ अ-

दैलेख । जिल्लाको भगवतीमाई गाउँपालिकाले श्रमरोजगार बैंक स्थापना पश्चात् युवा स्थापित डोजर विस्थापित नीति अगाडि सारेको छ ।

आर्थिक वर्ष २०७६/०७७ देखि शुरु हुने श्रमरोजगार बैंकमार्फत १४० युवालाई रोजगारी दिएको गाउँपालिकाले युवालाई विकासमा स्थापित गराएर डोजर विस्थापित नीति अघि सारेको हो ।

नेपालको संविधानको धारा ३३ ले रोजगारीको हकलाई मौलिक हकका रुपमा समावेश गरेको र सोही मौलिक हकको कार्यान्वयन गर्न रोजगारी हकसम्बन्धी ऐन २०७५ अनुसार श्रमरोजगार बैंक स्थापना गरी रोजगार दिएकोे गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले बताए ।

उनले चालू आर्थिक वर्षको नीति तथा बजेटमार्फत पाँँच वर्षभित्र गाउँपालिकाका युवालाई बाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था अन्त्य गर्नका लागि श्रमरोजगार बैंकमार्फत रोजगारी दिन लागेको अध्यक्ष थापाले बताए । चालू आर्थिक वर्षमा २१ योजनामा युवाले काम गर्ने बताउँदै उनले यसका लागि युवालाई आवश्यक तालीम प्रदान गरिएको छ भने।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बखतबहादुर खड्काले श्रम रोजगार बैंकमार्फत गाउँपालिकाका सातवटै वडाबाट प्रतिनिधित्व गर्ने गरी युवा छनोट गरेको र अब हुने विकास निर्माणमा डोजर र उपभोक्ता समितिलाई विस्थापित गर्ने तयारीसमेत रहेको बताए ।

श्रम रोजगार बैंकमा आबद्ध भएका युवालाई कसरी तलब खुवाउने हो त्यसका लागि कार्यविधि निर्माणको चरणमा रहेको र चाँडै कार्यविधि निर्माण गरिसक्ने तयारीमा गाउँपालिका रहेको उनले जानकारी दिए ।

श्रम रोजगार बैंकमार्फत रोजगारी सिर्जना गरेसँगै सो गाउँका युवासमेत उत्साहित भएका छन् । गाउँपालिकाले रोजगार बैंकमार्फत रोजगारी दिएसँगै आफूहरुले उत्साहित भएर काम गर्ने भगवती माई गाउँपालिका–२ का मानबहादुर शाहीले बताए ।

वैदेशिक रोजगारीमा १० वर्ष काम गरेका युवासमेत रोजगार बैंकमा आबद्ध भएर गाउँमा काम पाएपछि खुशीसमेत भएका छन् ।

श्रम रोजगार बैंकमा काम गर्न उत्साहित हुँदै यो वर्ष छानिएका १४० युवा मध्ये ५० जना यसअघि रोजगारीका लागि दुवई, मलेसिया, कतार र भारत गएर मजदूरी गर्दै आएको भए पनि गाउँमै रोजगारी शुरु हुने भएपछि यो वर्ष भगवतीमाई गाउँपालिकाका ५० युवाले विदेश नजाने निर्णय गरेर श्रम रोजगारमा लागेको गाउँपालिकाले जनाएको छ ।

रोजगार बैंकमार्फत खटिएका कामदारको स्वास्थ्य परीक्षण, तालीम, जीवन बीमा, इपान भर्नेलगायतका अन्य कामसँगै जिल्ला बाहिरसमेत अरुले कामको लागि आवश्यक पर्दा टोली खटाउनका लागि दुईजना छुट्टै व्यक्तिको चयन गरिएको छ । हरेक १० जनामा एक जनालाई टोली कमाण्डर निर्माण गरिएको छ । युवा र युवतीको समान ज्यालाको व्यवस्थापन गरिएको छ ।

यो वर्ष १४० युवाले आआफ्नो वडामा रहेका खानेपानी, सडक, सिँचाइका योजनाको काम गर्ने छन् । उनीहरुलाई सामूहिकरुपमा पशुपालन र तरकारी उत्पादनतर्फ अग्रसर गराउने र हरेक एउटा नमूना काम देखाउने तयारी थालिएको प्रमुख प्रशासकीय अधिकृत खड्काले बताए ।रासस

प्रतिक्रिया दिनुहोस