५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अस्पताललाई सुविधासम्पन्न गराउँछौँ : मन्त्री बराल

अ+ अ-

लमही । प्रदेश नंं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रदेश मातहतका अस्पतालहरुलाई सुविधा सम्पन्न गराउन प्रदेश सरकार लागेको बताएका छन् । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा आज आयोजना गरिएको कार्यक्रममा मन्त्री बरालले सो कुरा बताएका हुन् ।

मन्त्री बरालले अब सबै अस्पतालमा अत्यावश्यक सेवाहरु सञ्चालनका लागि मेशिन औजार खरिद गर्ने तयारी गरेको बताइन् । उनले सबै अस्पतालमा आइसियु, एनआइसियु र भेन्टिलेटर लगायतका सेवाहरु सञ्चालन गर्ने बताए।

‘अब अस्पतालहरुलाई रिफर सेन्टर बनाउने होइन सेवा सुविधा सम्पन्न गराई स्थानीयस्तरमै सबै सेवा प्रवाह गर्ने तयारीमा सबै लाग्नुपर्छ’, मन्त्री बरालले भने । उनले त्यसका लागि सबै अस्पतालले अब भौतिक विकास र सेवाका लागि गुरुयोजना बनाएर अगाडि बढ्न आग्रह गरे ।

‘हाम्रा अस्पतालहरु डाक्टरहरुले नै कुन कोठामा जाने भन्ने द्विविधा उत्पन्न हुनेगरी भौतिक निर्माण भएका छन् अब त्यसलाई सुधार गर्नुपर्छ’, उनले भने । मन्त्री बरालले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा यसै वर्ष सिटिइस्क्यान, एनआइसियु र चौबिसै घण्टा डाइलाइसिस सेवा सञ्चालन गर्ने तयारीमा लाग्नसमेत निर्देशन दिए ।

मन्त्री बरालले सबै जिल्लाका स्वास्थ्य केन्द्रहरुमा आइसियुसेवा सञ्चालन र कम्तीमा पनि पाँच वेटको व्यवस्था गर्ने तयारी सरकारले गरेको बताए ।

मन्त्री बरालले धेरै स्थानबाट आफूलाई अस्पतालमा थप श्यया सङ्ख्या थप्ने दबाब आएको भन्दै श्यया थपेरमात्र नहुने बताए । ‘मलाई धेरै स्थानबाट अस्पतालमा श्यया सङ्ख्या थपका लागि दबाब आएको छ श्ययाहरु थपेरमात्र हुँदैन सेवा विस्तार गर्नुपर्छ’, मन्त्री बरालले भने ।रासस

प्रतिक्रिया दिनुहोस