१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तलकोटमा प्रहरी चौकी स्थापना

अ+ अ-

डोटी । डोटीको शिखर नगरपालिकाको केन्द्र रहेको वडा नम्बर ६ तलकोटमा बुधबार नयाँ प्रहरी चौकीको स्थापना गरिएको छ ।

नगर प्रमुख सिताराम जोशी र जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक दिलीप सिं देउवाले एक कार्यक्रमका बिच प्रहरी चौकीको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

समाजमा शान्ति सुरक्षा कायम गर्न स्थानियको महत्वपूर्ण भूमिका रहने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपक्षिक दिलीप सिं देउवाले बताए । उनले भने, नेपाल प्रहरी कुनै फरक ब्यक्ति होईन तपाईहरुकै दाजु भाई हो सबैलाई समान रुपमा सहयोग गर्छ तपाईहरुले पनि हाम्रो लागि नै काम गर्छन् भनेर सहयोग गर्नुपर्छ ।’ गाउँ घरमा हुने घटना परिघटनाको सन्दर्भमा सत्य तथ्य पत्ता लगाउन सबैले आ आफ्नो क्षेत्रबाट सत्य सुचना दिएर सहयोग गर्नुपर्ने समेत बताए ।

नगरपालिका नजिक प्रहरी चौकी नहुदाँ जतिबेला पनि असुरक्षित महशुस गर्नुपर्ने बाध्यता हटेको शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले बताए । उनले भने‘ प्रहरी चौकी नहुदाँ धेरै घटनाहरु हुने गरेका थिए अब सहज हुन्छ प्रहरीले पनि हामीलाई पूर्ण रुपमा सहयोग गर्नुपर्छ’ जनताले पाएका हक अधिकारलाई कार्यान्वयन गर्न प्रहरीले सहयोग गर्ने र प्रहरीलाई नगरपालिकाले पूर्ण रुपमा सहयोग गर्ने समेत नगर प्रमुख जोशीले बताए ।

नगरपालिका स्थापन भईसकेपछी सुरक्षाको दृष्टीकोणले साहै जोखिम युक्त अवस्थामा थियौ अब राहाता पुग्ने बताउछिन् शिखर नगरपालिकाकी उप प्रमुख धौली देबि रावल । उनले भनिन् ‘ यो क्षेत्रमा प्रहरी चौकी नहुदाँ जाड रक्सीका कारण यस क्षेत्रका दिदीबहीनीहरु साहै पीडीत थिए अब हाई सन्चो हुन्छ ।’मदिराका कारण बढी भन्दा बढी घटनाहरु हुने गरेका कारण घटना न्यूनिकरणमा सहयोग पुग्ने समेत उप प्रमुख रावल बताउछिन् ।

प्रहरी चौकी स्थापना हुदाँ यस क्षेत्रको शान्ति सुरक्षा कायम हुनुका साथै यस क्षेत्रका स्थानियबासी सुरक्षित महशुस गर्ने नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायरले बताए । उनले भने प्रहरी हाम्रो साथी हो कुनै अरु धुर्बको मानिस होईन हामी सबैले सहयोग गर्नुपर्छ ।

जिल्लाको शान्ति सुरक्षा, सुशासन कायम गर्न तथा सामाजिक हितकार कार्य गरेमा आम संचार जगतको सदैब सहयोग रहने समेत बताए ।

पञ्चायल कालमा प्रहरी हाम्रो बिचमा ल्याउनु हुनु हुन्न टाढाँ हुनुपर्छ भन्ने हाम्रो समाज बल्ल अहिले प्रहरी हाम्रो साथी भन्न तयार रहेको हरीहर माबिका प्रध्यानध्यापक गणेश मल्लले बताए । उनले भने ‘प्रहरी चौकी स्थापना हुदाँ हाम्रो अधिकार कार्यान्वयनमा प्रभावकारीता आउन्छ ।’

मन्त्रीपरिषदले मिति २०७६ साल असोज ७ गतेको निर्णय अनुसार १५ जनाको दरबन्दी रहने गरी शिखरनगरपालिका ६ तलकोटमा प्रहरी चौकी स्थापना गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस