डोल्पा । डोल्पामा बिहीवार बिहानैदेखि हिमपात भएको छ ।
जिल्लाको अधिकाश क्षेत्रमा हिउँ जमेको छ भने माथिल्लो डोल्पाको सबै भुभाग हिउँले ढाकेको छ ।
सदरमुकाम दुनैमा पानी परिरहेको छ भने तापक्रम माइनस ६ डिग्री पुगेको छ र माथिल्लो डोल्पामा -१३ पुगेको स्थानीय पेमावङ्ग्चुक गुरुङले जानकारी दिए ।
निरन्तर हिउ परेपछि स्थानीय घरबाट बाहिर निस्कन सकेका छैनन् भने पशु चौपाया समेत गोठमा नै थुनिएको ठुलिभेरि ६ कि राजकुमारी बुढाले जानकारी दिइन् ।
चिसो अत्यधिक बढेको र हिमपात पछि आउन सक्ने जोखिममालाई ध्यानमा राखेर मात्रै यात्रा गर्न प्रमुख जिल्ला अधिकार मुकेशकुमार केशरी र जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले आग्रह गरेका छन् ।
हिमपातले विमान्स्थल समेत बन्द भएको छ भने जिल्लाको पुरै जनजीवन प्रभावित भएको छ । अहिले पनि डोल्पाको सबै क्षेत्रमा बाक्लो हिउँ परि रहेको छ । हिउँ परे पछी डोल्पाको बार्षिक परिक्षा समेत रोकिएको छ ।