९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शैक्षिक गुणस्तर राम्रो भए विद्यालयलाई स्रोत अभाव हुँदैन : महासचिव पौडेल

अ+ अ-

रुपन्देही । पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले शैक्षिक गुणस्तर राम्रो भए विद्यालयलाई स्रोतको अभाव नहुने बताएका छन् ।

बुटवल–११ मा अवस्थित नहरपुर माध्यमिक विद्यायलको स्वर्णमहोत्सवका अवसरमा उनले गुणस्तरीय शिक्षा नै आजको आवश्यकता भएकाले शिक्षाको गुणस्तर व्यवस्थापन गर्ने विद्यालयलाई सरकारले पर्याप्त सहयोग गर्ने बताए ।

उनले नहरपुर माविलाई नमूना विद्यालय बनाउने गरी शिक्षाका कार्यक्रम तय गर्न विद्यालय व्यवस्थापन समितिलाई आग्रह गरे । ‘विद्यालयले एउटा विषयमा प्रतिबद्धता गरोस् हामी जनप्रतिनिधि अर्को प्रतिबद्धता गर्छौंं ।

यो विद्यालयको विकासका लागि आवश्यक स्रोतको व्यवस्थापन हामी गर्छौं तर कक्षा १ देखि अङ्ग्रेजी माध्यममा अध्यापनको व्यवस्था गरी विद्यार्थीलाई अङ्ग्रेजी र नेपाली विषयमा दक्ष बनाउनुपर्छ,’ उनले भने, ‘यहाँका विद्यार्थी भाषा र दक्षताका हिसाबले उत्कृष्ट हुनुपर्छ । पढेर पास गर्ने तर केही नजान्ने हुनुभएन ।’

महासचिव पौडेलले बुटवलका तिनाउ र दानव आसपासका बस्ती व्यवस्थापनको तयारीमा सरकार रहेको जानकारी गराउँदै यसका लागि तिनाउ–दानव करिडोर सडक निर्माणको प्रक्रिया अगाडि बढेको बताए ।

उनले बुटवलको बेलवासदेखि नहरपुर हुँदै बेथरीसम्म चार लेनको सडक निर्माणमा केही ढिलाइ भए पनि निर्माण कार्य पूरा हुँदा यो क्षेत्रको विकासले फड्को मार्ने उल्लेख गरे । ‘भौतिक विकासका दृष्टिकोणले यो क्षेत्रलाई अगाडि बढाउने गरी काम अगाडि बढेको छ, यसमा सबैको सहयोग अपरिहार्य छ’, उनले भने।

कार्यक्रममा विद्यालयका प्राचार्य धनिश्वर गौतमले विद्यालयको भौतिक विकासका लागि यस क्षेत्रका सांसदसमेत रहेका पौडेलको प्रयासमा भवन निर्माण, कम्प्युटर ल्याब निर्माण, खेल मैदान निर्माण कार्य गरिएको जानकारी गराउँदै यो वर्ष सबैको सहयोगमा विद्यालयको भौतिक सुधार वर्षका रूपमा काम अगाडि बढाएको बताए ।

प्रतिक्रिया दिनुहोस