१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रथम जननिर्वाचित सभापति श्रेष्ठको निधन

अ+ अ-

काठमाडौं । तत्कालीन काठमाडौँ नगरपालिकाका प्रथम जननिर्वाचित सभापति जनकमान श्रेष्ठको ९३ वर्षको उमेरमा आज निधन भएको छ । श्रेष्ठ विगत एक वर्षदेखि कलेजोमा क्यान्सर हुँदा बिरामी परेका थिए । उनको आज बिहान टेकुस्थित आफ्नै निवासमा निधन भएको हो ।

सभापति श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले मृतात्माको चीरशान्ति र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । उनकी बुहारी रिना श्रेष्ठका अनुसार दिउँसो उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार भएको छ ।

विसं २००८ मा काठमाडौँ नगरपालिका ऐन जारी भएपछि संरचनागत व्यवस्था तयार भयो । यही ऐनका आधारमा २०१० साल भदौ १० गते नगरपालिकाको सम्पन्न चुनावमा श्रेष्ठले करिब दुई हजार ५०० मत ल्याएर निर्वाचित भएका थिए । तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको समर्थनमा श्रेष्ठ प्रमुखमा निर्वाचित भएका थिए ।

त्यसबेला सभापति र उपसभापतिको छुट्टै उम्मेदवारी हुँदैनथ्यो । पहिले सबै वडाबाट सदस्य निर्वाचित हुन्थे । तीमध्येबाट निर्वाचन भएर सभापति र उपसभापति चुनिने कानुनी व्यवस्था रहेको थियो । नगरपालिकाका १८ वडामा १८ सदस्य निर्वाचित भएपछि तीमध्येबाट सभापति र उपसभापति छान्नुपर्ने थियो ।

प्रतिक्रिया दिनुहोस