८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुकुम्वासी भूमिहिनलाई जमीनको मालिक बनाउनुपर्छ : मन्त्री अर्याल

अ+ अ-

सर्लाही । सुकुम्वासी भूमिहिनलाई जमीनको मालिक बनाउनु आफ्नो पहिलो प्राथमिकता रहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बताएकी छन् । बरहथवा नगरपालिकामा आइतबार आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले मुलुकमा कुनै पनि नागरिक अब भूमिहिन नरहने बताएकी हुन् ।

उनले त्यसको लागि कानून बनाउन लागेको जानकारी दिएकी छन् । “लामो समयदेखि देखिँदै आएको भूमिसम्बन्धी समस्या समाधानका लागि सरकारले कडा कानून बनाउन लागेको छ”, “अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउँछौँ, भूमि व्यवस्थापन गरी उत्पादन बढाउछौँ, अब जनताले भूमिसम्बन्धी समस्या बोकेर लामो समय भौतारिनु पर्दैन ।”, उनले भनिन् ।

अनाधिकृत रुपमा दर्ता भएका तथा भू–माफियाले कब्जा गरेका सरकारी र सार्वजनिक जग्गाको बदर गर्ने अभियानको शुरुआत देशैभरी भएको मन्त्री अर्यालले बताइन् । बरहथवा नगरपालिकामा पर्ने हजरिया बारह बिघा क्षेत्रमा विभिन्न व्यक्तिहरुले गैरकानुनी किसिमले दर्ता गराएको १८ बिघा १५ कठ्ठा १३ घुर सरकारी जग्गा फिर्ता तथा दोहोरो श्रेस्ता रहेको १३ कठ्ठा जग्गाको दोहोरो श्रेस्ता खारेजीको घोषणा गर्दै अब यस्ता जग्गाको खोजीमा देशैभरी कडाई गरिने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस