७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानसेनापति महिला फुटबल : सिक्किमविरुद्ध सावित्राको ९ गोल

अ+ अ-

काठमाडौं । सशस्त्र प्रहरी बल (एपिएफ)की सावित्रा भण्डारीले भारतको सिक्किमविरुद्धको खेलमा तेहेरो ह्याट्रिक गरेकी छिन् । राजधानीमा जारी प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सावित्रा एक्लैले ९ गोल गरेकी हुन् ।

लगनखेलस्थित आर्मीको मैदानमा भएको खेलमा एपिएफले सिक्किमलाई १८–० गोलले हरायो । एपिएफका लागि अनु लामाले चार, अनिता बस्नेतले ३ तथा रेनुका नगरकोटीले २ गोल गरिन् । पहिलो हाफमा १० गोल गरेको एपिएफले दोस्रो हाफमा थप ८ गोल गरेको थियो ।

प्रतियोगिताअन्तर्गत आजै भएको अर्को खेलमा नेपाल पुलिस क्लबले प्रदेश नं–२ लाई ३–० गोलले हरायो । पुलिस क्लबका लागि निशा विक, निरु थापा र दीपा न्यौपानेले एक–एक गोल गरेका थिए । मङ्गलबार प्रदेश नं–५ र भुटानको टोलीबीच खेल हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)सँगको सहकार्यमा आइतबारदेखि शुरु भएको प्रतियोगिताको सातौँ संस्करणमा ३ विभागीय, २ विदेशी तथा ३ वटा प्रदेशको फुटबल टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं–५ तथा भारतको सिक्किम र भुटानको फुटबल टोली सहभागी रहेको नेपाली सेनाका महासेनानी शशीकिरण रायमाझीले जानकारी दिए । प्रतियोगिता आगामी पुस ९ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस