८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानसेनापतिद्वारा बृहत संयुक्त घुम्ती स्वास्थ्य शिविरको निरीक्षण भ्रमण

अ+ अ-

काठमाडौं । २७ गतेदेखि पौष ०५ गतेसम्म नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाको सहकार्यमा सिरहा, सिन्धुली, महोत्तरी, सर्लाही र धनुषा जिल्लाका स्वास्थ्य उपचार पाउन नसकेका बिरामीहरुलाई लक्षित गरी प्रदेश नं.२ को महोत्तरी जिल्ला, सोन्मा गाउँपालिका, वडा नं.३ स्थित खक्ना उच्च माध्यमिक विद्यालयमा (मुख्य क्याम्प) तथा महोत्तरी जिल्लाको सदरमुकाम जलेश्‍वरस्थित जलेश्‍वर अस्पतालमा सर्जिकल क्याम्प स्थापना गरी सञ्‍चालन भएको बृहत निःशुल्क संयुक्त शल्य चिकित्सा घुम्ती स्वास्थ्य शिविरको प्रधानसेनापति पूर्णचन्द्र थापाले निरीक्षण भ्रमण गरेका छन् ।

२७ गते पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवद्वारा समुद्‍घाटन गरिएको उक्त घुम्ती स्वास्थ्य शिविरबाट मंसिर २९ गतेसम्म ८५१५ (पुरुष-४०३९ र महिला-४४७६) जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् ।

सोहि क्रममा प्रधानसेनापति थापाले उक्त घुम्ती स्वास्थ्य शिविरको स्वास्थ्य उपचार सम्बन्धी गतिविधिहरुको जानकारी लिइ स्थानीय तहका जनप्रतिनिधि तथा स्वास्थ्य शिविरमा उपचारको लागि आएका स्थानीय सर्वसाधारणसँग अन्तरक्रिया समेत गरेका छन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले नं.२ प्रदेशका जनता स्वास्थ्य सेवामा कमजोर भएको हुनाले उहाँहरुको माग अनुसार यो स्वास्थ्य शिविर सञ्चालन गरेको र उक्त शिविरबाट तत्काल स्वास्थ्यको पहुँच पुर्‍याउन तथा भविष्यमा स्वास्थ्य प्रति ख्याल गर्नुपर्ने विषयमा सु-सूचित गराउन योगदान पुर्‍याएको बताएका थिए ।

उनले स्वास्थ्यमा आफै जागरुक हुनुपर्ने र रोगलाई लुकाएर रादै भन्ने सन्देश दिँदै नागरिक सैनिक सम्बन्ध विस्तारमा सहयोग पुर्‍याउने विश्‍वास समेत व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस