१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अरवौंको सम्पत्तिको स्रोत खोज्दै पूर्वमन्त्री केसीविरुद्ध अख्तियारमा उजुरी

अ+ अ-

काठमाडौँ । भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएको भन्दै पूर्वमन्त्री बलबहादुर केसीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।

सार्वजनिक पद धारण गरी करोडौं रुपैयाँ भ्रष्टाचार गरेको भन्दै सोलुखुम्बुको तत्कालीन सल्लेरी गाविस ७ का नारायण निरौलाले उजुरी दर्ता गरेका हुन् ।

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री केसी २०४८ सालदेखि सोलुखुम्बुबाट प्रतिनिधित्व भई सांसद र मन्त्रिसमेत भइसकेका व्यक्ति हुन् । उनले अकुत सम्पत्ति आर्जन गरी लुकाउन आफ्ना दाजु, भाइ, दिदी बहिनी, भाञ्जा र नातेदारसमेतको नाममा साविकको गाविस र महानगरपालिकाको विभिन्न वडामा घरजग्गा किनेको उजुरीमा उल्लेख छ ।

घर खर्च पनि चलाउन नसक्ने अवस्था रहेको पहिलाको आर्थिक हैसियतबाट प्रतिनिधि सभा सदस्य र मन्त्री भएपछि एकाएक करोडौंको सम्पत्ति जोडेको भन्दै स्थानीयले उजुरी दर्ता गरेका हुन् । पूर्व मन्त्री केसीको नाममा काठमाडौं महानगरपालिका–४ मा ४५ करोड रुपैयाँ भन्दा बढी पर्ने घर रहेको उजुरीमा उल्लेख छ ।

हाल गुणराज पाठक मेमोरियल नर्सिङ क्याम्पस रहेको घर उनकै नाममा छ । केसीको नाममा काठमाडौंमा तीन वटा घर रहेको उजुरीमा उल्लेख छ ।

त्यस्तै सोलुखुम्बुको सल्लेरीमा १० करोड रुपैयाँभन्दा माथिको सम्पति रहेको अख्तियारमा परेको उजुरीमा उल्लेख छ । आफन्तहरुको नाममा समेत केसीले करोडौं मूल्य पर्ने घरजग्गा सम्पत्ति लुकाएर राखेको उजुरीमा भनिएको छ ।

उनले सार्वजनिक पदमा रहेर दुई अर्ब भन्दा बढी सम्पति आर्जन गरेको भन्दै छानविनको माग गर्दै दूधकुण्ड नगरपालिका ११ सोलुखुम्बुका दिनेश कार्कीले अख्तियारमा उजुरी दिएका छन् । पूर्वमन्त्री केसीले आफ्ना नातेदारको नाममा राखेको घरजग्गा मात्रै ४५ करोड रुपैयाँभन्दा बढी मूल्यको रहेको अख्तियारमा दायर भएको उजुरीमा उल्लेख छ । अख्तियारले पूर्व मन्त्री केसीको सम्पत्तिको विषयमा छानविन प्रक्रिया अगाडि बढाएको जनाएको छ । राजधानी

प्रतिक्रिया दिनुहोस