८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिट क्षमता भन्दा वढी यात्रु चढाउनुभएको छ ? कारवाहीमा परिएला !

अ+ अ-

दमौली । दुई जना यात्रुको मात्र सिट क्षमता रहेको जिपमा २१ जना राखी चलाएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले सवारी साधनलाई नियन्त्रणमा लिएको छ । धादिङबाट पोखरा जाँदै गरेको बा६च ५१७५ नंको टाटा जिपको पछाडि २१ जना यात्रु भेटिएपछि प्रहरीले कारवाही गरेको हो ।

सामान ढुवानी गर्ने उद्देश्यले दर्ता भएको उक्त सवारीसाधनले पछाडिको भागमा पाल टाँगेर यात्रु बोकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए । ‘उक्त जिपले मान्छे बोक्न पाउँदैन, सामान ढुवानी गर्ने मात्र हो’, उनले भने, ‘सवारी ऐन दर्ताविपरीत ढुवानीमा दर्ता भएको जिपले मान्छे बोकेपछि कारवाहीका लागि नियन्त्रणमा लिएका हौँ ।’

विवाहमा जाँदै गरेको जिपलाई नियन्त्रणमा लिएपछि प्रहरीले नै अर्को सवारी व्यवस्था गरेर यात्रुलाई गन्तव्यस्थलसम्म पुर्‍याएको जनाएको छ । यसैगरी प्रहरीले क्षमताभन्दा बढी यात्रु बोकेको ग१ख ९५५५ नंको बसलाई नियन्त्रणमा लिएको छ । व्यास नगरपालिका–६ स्थित महेन्द्रज्योति माध्यमिक विद्यालयले शैक्षिक भ्रमण लैजाने क्रममा २६ जना क्षमताको सिटमा ६० जना विद्यार्थी राखेपछि बसलाई नियन्त्रणमा लिएको हो । प्रहरीले दुई वटा बस खोेजेर विद्यार्थीलाई भ्रमण लैजाने व्यवस्था समेत मिलाइदिएको थियो ।

क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटनाको जोखिम रहेकाले सवारी जाँचलाई तीव्र पारेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख पूर्णबहादुर अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस