८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेलम्चीको पानी असारभित्र सुन्दरीजलमा

अ+ अ-

हेलम्बु, सिन्धुपाल्चोक । मेलम्ची खोला आफ्नै तालमा छङछङ् बगिरहेको छ । समीपमा केही मजदुर रड बुन्दै छन् । कोही ड्रिल गरेर पहरा फोर्दैछन् । स्काभेटर खोला खोलेर ढुङ्गा निकाल्न प्रयोग भइरहेको छ । टिप्परहरु बालुवा–गिट्टी बोकिरहेका छन् । अन्य मजदुरहरु फलाम काट्ने, रड मिलाउँदै छन् । शुक्रबार अपराह्न बहुचर्चित र बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित आम्बाथानमा यस्तैयस्तै दृश्य देखिन्थ्यो ।

यहाँ इन्जिनीयरहरु पहेँलो ज्याकेट र प्लाष्टिक ह्याट लगाएर मजदुरलाई निर्देशन दिइरहेका थिए । चाइनिज कामदार पनि आ–आफ्नै जिम्मेवारीमा व्यस्त थिए । कामको तीव्रता देख्दा सम्झौताको समयअघि नै काठमाडौँमा पानी झर्ने आश गर्न सकिन्थ्यो ।

चालु आर्थिक वर्षको असार मसान्तभित्रैमा सुन्दरीजल पानी झार्ने योजनाका साथ अहिले यहाँ कामलाई तीव्रता दिइएको छ । आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री भन्छन्, ‘आगामी असारभित्रैमा अस्थायी बाँध बाँधेरै भए पनि सुन्दरीजलमा पानी झार्ने तयारी भइरहेको छ ।’ तेस्रो पटक नियुक्त भएको चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले पूर्ण क्षमतामा कामदार र मेशिनरी औजार परिचालन गरेकाले असारमा पानी पुर्‍याउने लक्ष्य पूरा हुने विश्वास व्यक्त गर्दै आएको छ ।

शुक्रबार राससकर्मी आयोजनाको मुहान क्षेत्र पुग्दा कार्यकारी निर्देशक खत्री फिल्डमा आफैँ खटिएका थिए । यहाँ अहिले हेडवक्र्स (इन्टेक)को काम तीव्र रुपमा भइरहेको छ । त्यही हेडवक्र्समार्फत पानी टनेलमा पठाइन्छ । टनेलको गेट बनाउने कामसमेत जारी छ । उक्त कम्पनीसँग भएको सम्झौतामा ३२ वटा गेट बनाइने उल्लेख छ ।

दश प्रतिशत बोनसको व्यवस्था भएकाले चिनियाँ निर्माण कम्पनीले काम तदारुकताका साथ गरिरहेको खत्रीले बताए । ढिला गरेमा भने जरिवाना लाग्नेछ । अहिले कामको प्रगति देख्दा असारमा पानी झार्ने सकिने उनले दाबी गरे । उनले सुरुङभित्रको काम ‘फिनिसिङ’को चरणमा पुगेकाले १० प्रतिशतमात्रै बाँकी रहेको बताए ।

आयोजनाको सबै गरेर ९५ प्रतिशत काम सकिएको उनको भनाइ छ । टनेलको मात्रै ९० र मुहान क्षेत्रको काम ६० प्रतिशत सकिएको जनाइएको छ । यही असोजमा १५ महिने ठेक्का सम्झौता भएको सिनोले एक महिनादेखि आयोजनाको बाँकी कामलाई तीव्रता दिइरहेको छ । दैनिक तीन सय कामदार र आवश्यक मात्रामा मेशिनरी औजार परिचालन गरिएको छ ।

आयोजनाको मुख्य संरचना साढे २६ किलोमिटर लामो सुरुङमार्ग छेडेको इटालियन ठेकेदार कम्पनी सीएमसीले ठेक्का तोडेपछि बाँकी काम सिनोले गरिरहेको छ । उसले मुहानस्थलमा हेडवक्र्स, अस्थायी संरचना, कफर्ड ड्यामको काम गरिरहेको छ । कार्यकारी निर्देशक खत्रीले सुरुङ ढलान गर्ने काम साढे दुई किलोमिटर बाँकी रहेको बताए । सुरुङमा २८ वटा गेट राख्नुपर्नेछ ।

मुहानमा स्थायी संरचना हेडवक्र्स (इन्टेक) बन्न अझै १ वर्ष लाग्ने भएकाले तत्काल अस्थायी ड्याम बनाएर पानी पठाउन लागिएको छ । सिनोले सुरुङको बाँकी काम गर्न रु ८५ करोड र रु १ अर्ब २ करोडमा हेडवक्र्सको ठेक्का पाएको आयोजनाले जनाएको छ । असोजमा गरिएको सम्झौताअनुसार १५ महिनाभित्र दुवै काम सक्नुपर्नेछ ।

मेलम्चीको पानी पिउने उपत्यकावासीको २ दशक लामो सपना हो । सरकारले २०५५ बाट मेलम्चीको काम अघि बढाएको थियो । साढे २६ किलोमिटर सुरुङ खन्नुपर्नेमा झण्डै ६ किमीमात्र खनेर सन् २००९ मा चिनियाँ ठेकेदार कम्पनी चाइना रेल्वेले ठेक्का तोडेको थियो ।

बाँकी काम गर्न ठेक्का पाएको इटालियन ठेकेदार कम्पनी सीएमसीले आफ्नै कारणले गत वर्षको पुसमा आयोजना छोडेकाले सरकारले ठेक्का तोडेको थियो । यहाँ २०७४ चैतमा सुरुङमार्ग छेडिएको थियो । अहिले मुहान क्षेत्रमा चिनियाँ २० र नेपाली १२० कामदारले काम गरिरहेका छन् । कूल गरेर ३०० कामदार परिचालन छन् । जसमा ७० जना चाइनिज रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस