१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकास खर्च नसक्नेलाई छोडिन्न : सभापति दाहाल

अ+ अ-

काठमाडौँ । संंसदको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले ठुला विकास निर्माणका लागि छुट्ट्याएको बजेट खर्च हुन नसक्दा मुलुकले समस्या झेलेकोले त्यस्ता निकायलाई आफूहरूले नछोड्ने बताएका छन् ।

दाहालले विकास खर्च समयमै सही ढङ्गले खर्च गर्न अर्थ समितिबाट निर्देशन दिई अनुगमन समेत गर्ने दृढता राखे ।

पूजीगत खर्चको अवस्था र सुशासन विषयमा सञ्चार केन्द्र नेपालले शुक्रवार आयोजना गरेको कार्यक्रममा सभापति दाहालले धेरै विकासको काम चित्तबुझ्दो नभएकोले अनुगमन निरन्तर चल्ने बताए ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. केपी ओलीले राष्ट्रिय योजना आयोगले आवश्यकताका आधारमा योजना बन्नु पर्ने आजको माग अनुसारै योजनाहरू बनाएको जानकारी दिए । ओलीले त्यसै अनुसार काम भए, नभएको निगरानी समेत आयोगले गरेको बताए ।

योजना बन्ने तर त्यसको कार्यान्वयन त्यस अनुसार भएको पाइँदैन । हामीले त्यसलाई निगरानीमा राखेको छौँ । सम्बन्धित निकायले यसतर्फ ध्यान दिनुपर्छ’, ओलीले भने ।

राष्ट्रिय सतर्कता केन्द्रका सचिव डा.ऋषिराम शर्माले सरकारी निकायले नै ठेक्का सम्झौता ढिला गर्ने गरेको, विभिन्न निकायबिच असमझदारी र बाह्य प्रभावले काममा ढिलाइ भएको, कागजात पर्याप्त नभएको र अनुगमन समेत फितलो हुने गरेकोमा असन्तुष्टि राखे ।

‘निर्माण व्यवसायीले कागजातमा भएका अस्पष्टता र अन्योलतालाई टेकेर लाभ लिइरहेको तर देश घाटा तर्फ गइरहेको छ’, सचिव शर्माले भने–‘मितव्ययिता सचिव सहसचिवबाटै सुरु हुनुपर्छ । यातायातको विशेष नीति बनाएर खर्च कटौती गर्न सकिन्छ । तर यसतर्फ संसदीय समितिहरू र सरोकारवाला निकायले ध्यान दिनुपर्छ ।’

सडक विभागका महा निर्देशक केशव कुमार शर्माले पुँजीगत खर्च सोचे अनुसार नभएको स्विकार्दै अब सबै पक्ष्ँको सहयोगमा विकास खर्च गरी समृद्धिको सपना पूरा गराउन लाग्नुपर्ने धारणा राखे ।

उनले सडक विभाग मातहत भएका सम्पूर्ण योजनाहरू समयमै सम्पन्न गर्न र विकास खर्च बढाउन आवश्यक पहल गर्ने दृढता अर्थ समिति, योजना आयोग र सतर्कता केन्द्रका सामु राखे । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनले आफूहरूलाई ऊर्जा मिलेको र कार्यान्वयनमा अबका दिनमा ढिलाइ नगरी लक्ष्य पूरा गर्न सडक विभाग लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

‘हामी द्रुततर र मितव्ययी ढङ्गले विकास निर्माण गर्दैछौं । यी काममा सम्बन्धित अरू निकायको सहयोगको अपेक्षा समेत गरेका छौँ’, शर्माले भने । कार्यक्रममा सञ्चार केन्द्रका अध्यक्ष एवं प्रेस काउन्सिलका सदस्य गोविन्दप्रसाद चौंलागाईले विकास खर्च कम भएका कारण जनतामा निराशा उत्पन्न भएको परिस्थितिलाई सबै गम्भीर हुनुपर्ने बताए । त्यसमा झकझक्याई भावी दिनमा सबै निकायहरूले जनताको अपेक्षा अनुसार काम गर्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस