१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयोगका सिफारिस कार्यान्वयन गर्न सरकार इच्छुक छैन : अध्यक्ष शर्मा

अ+ अ-

धुलिखेल । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आयोगले सिफारिस गरेको निर्णय कार्यान्वयनमा सरकार इच्छुक नदेखिएको बताएका छन् ।

मानवअधिकार आयोग र मानवअधिकार पत्रकार संघद्वारा संयुक्त रुपमा धुलिखेलमा आयोजित ‘मानवअधिकारः पत्रकारितासम्बन्धी’ तीन दिने गोष्ठीको आज समापन समारोहमा उनले भने, ‘सरकाले आयोगको सिफारिस कार्यान्वयन नगर्नुका मुख्य कारण द्वन्द्वकालका घटनामा मुद्दा चलाउनुपर्ने हुन्छ, तर सरकार त्यो चाहदैन ।’

अध्यक्ष शर्माले भने, ‘आर्मीमाथि मुद्दा चलाउन सरकार इच्छुक छैन, त्यसैले कार्यान्वयन भएनन्, आयोगलाई दबाब दिनेबाहेक अरु कुनै अस्त्र रहेनन् ।’

उनले मानवअधिकार उल्लङ्घन र द्वन्द्वकालका घटनामा सुरक्षा निकाय र प्रशासक दोषी देखिने भएकाले सिफारिस कार्यान्वयनमा सरकारले ढिलासुस्ती गर्ने गरेको स्पष्ट पारे ।

अध्यक्ष शर्माले छिमेकी मुलुक भारतमा मानवअधिकार आयोगले गरेको सिफारिस ९६ प्रतिशत कार्यान्वयन हुन्छ तर हामी कहाँ १२ प्रतिशत सिफारिस मात्र कार्यान्वयनमा आएको देखिन्छ भने ।

नेपालको सङ्क्रमणकालीन न्याय निरुपणमा ढिलाइ भइरहेको उल्लेख गर्दै उनले राजनीतिक दलको आशय मुद्दा नचलाउने भएको हुँदा पीडितले न्याय पाउन ढिलाइ भएको बताए ।

मानवअधिकार पत्रकार संघ (हुर्जा) का अध्यक्ष घनश्याम खड्काले मानव अधिकारको विषय अहिलेसम्म कुनै पनि पाठ्यक्रममा नराखिएको बताउँलै यसलाई विद्यालय र क्याम्पसका पाठ्यपुस्तकमा राखिनुपर्नेमा जोड दिए ।

पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमिल्सिनाले तीन दिनको गोष्ठीले मानवअधिकारको विषयमा धेरै बुझ्ने अवसर मिलेको र आगामी दिनमा समाचार लेखनमा मानव अधिकारका विषयलाई विशेष ख्याल गर्ने बताए ।

यही पुस ५ गतेदेखि सञ्चालन भएको गोष्ठीमा प्रदेश नं. ३ का १३ वटै जिल्लाका पत्रकारको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस