११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डेढ घण्टाको यात्रापछि विद्यालय पुग्छन् विद्यार्थी

अ+ अ-

बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको विकट डाँडापारिका बालबालिका पढ्नका लागि अहिले पनि भोकै हिँडेर घण्टौँको बाटो पार गर्नुपर्छ । भौगोलिक विकटता र यातायातका असुविधा भएका ती ठाउँका साना बालबालिकालाई खान र लगाउनको पर्वाहविना किताबकापी काखी च्यापेर एकदेखि दुई घण्टाको बाटो हिँडेर पढ्न जानुपर्ने बाध्यता छ ।

यस्तै बाध्यतामध्येको एउटा उदाहरण हो महाभारत गाउँपालिका–१ छोटेसाहनका चन्द्रोदय प्राथमिक विद्यालयका बालबालिकाको जहाँ छिमेकी जिल्ला सिन्धुलीदेखि प्राथमिक तहमा अध्ययन गर्न विद्यार्थी आउने गरेका छन् ।

कक्षा २ का प्रदीप हिन्दुङ १ घण्टा हिँडेर विद्यालय आउने गर्छन् । घरदेखि विद्यालयसम्म आउन बीचमा खोला पार गरेर आवतजावत गर्नुपर्ने उनको भनाइ छ । हिँड्न सहज हुने भए पनि किताबकापी काखी च्यापेर हिँड्नु पर्दा समस्या हुने गरेको उनले बताए । ‘झोला छैन, सधैँ यसरी नै किताबकापी काखी च्यापेर विद्यालय आउने जाने गर्छु ‘, हिन्दुङले भने, ‘हाम्रो गाउँबाट पढ्न आउने सबै यसरी नै आउँछन् ।’

अर्का कक्षा २ का सुरोत गोलेको पनि अवस्था उस्तै छ । उनीलाई पनि घरबाट विद्यालयसम्म आउन १ घण्टा लाग्छ । ‘बिहान खाना खाएर आएदेखि बेलुका विद्यालय छुट्टी भएर गएपछि मात्रै खाजा खान पाइन्छ । विद्यालयमा आउँदा खाजा बोक्ने कहिल्यै गरेको छैन’, उनले भने, ‘गाउँका सबै साथीहरुको अवस्था यस्तै हो ।’ सिन्धुली मात्रै होइन जिल्लाभित्रैका अन्य ठाउँबाट आउने बालबालिकालाई पनि त्यसभन्दा बढी हिँड्नुपर्ने बाध्यता छ ।

एउटै कोठामा दुईतिर राखेर पढाउने गर्दै आएको सो विद्यालयका कक्षा २ र ३ एउटा कोठा र कक्षा ४ र ५ अर्कामा सञ्चालन भइरहेको छ । एकातिर शिक्षकले पढाउने बेलामा यताउताको कुराकानीबाट होहल्ला हुने भए पनि उनीहरु बाध्यताले एकै कोठामा पढ्दै आएका छन् । भूकम्पपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ(शिक्षा)ले भवन निर्माण गर्न सहयोग गरिरहेको भए पनि विद्यालय प्रशासन र व्यवस्थापन समितिको कमजोरीका कारण ढिलाइ भइरहेको छ ।

सोही गाउँपालिका–७ मा रहेको जनकल्याण आधारभूत विद्यालयका विद्यार्थीको अवस्था पनि उस्तै छ । भूकम्पबाट विद्यालय भवन भत्किएपछि टहरामा नै बसेर अध्ययन गर्दै आएका विद्यार्थी डेढदेखि दुई घण्टासम्म हिँडेर आउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक सञ्जनकुमार झाले बताए । त्यहाँ तामाङ समुदायका मात्रै विद्यार्थी मात्र छन् जुन खानेपानी र शौचालयविना नै सञ्चालन भइरहेको छ ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भने सुविधाका नाममा नयाँ विद्यालय स्थापना गर्न नसकिने बताए । ‘हामी नयाँ थप्न सक्ने अवस्थामा छैनौँ, भएकोलाई व्यवस्थित गर्दै शिक्षामा पहुँच बढाउने काममा निरन्तर लागिरहेका छौँ’, उनले भने। भौगोलिक विकटताका कारण विद्यार्थीलाई पढ्नका लागि घण्टौँ हिँड्नुपर्ने र विद्यार्थी सङ्ख्या पर्याप्त नभएका कारण पनि यस्तो समस्या व्यहोर्न बाध्य भएको अध्यक्ष जिम्बाले बताए ।

प्रतिक्रिया दिनुहोस