८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुन्तला खेती गर्ने कृषकलाई उब्जनी अनुदान

अ+ अ-

गलकोट । बागलुङ नगरलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने उद्देश्यले बागलुङ नगरपालिकाले परम्परागत बाली छाडेर सुन्तला खेती गर्नेलाई उब्जनी बराबरको रकम प्रदान गरेको छ ।

परम्परागत रुपमा गरिँदै आएको खाद्य बालीबाट राम्रो प्रतिफल प्राप्त हुन नसक्ने ठाउँमा सुन्तला खेती गर्न इच्छुक किसानलाई उत्पादन बराबरको रकम प्रदान गरिएको हो ।

नगरपालिकाले यसवर्ष परम्परागत बाली त्यागेर सुन्तला खेती गरेका १२ जना किसानलाई एकमुष्ठ रु २ लाख ६२ हजार रकम हस्तान्तरण गरेको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए । पौडेलले बागलुङ नगरपालिका–८ सिगानामा आयोजित सुन्तला महोत्सवको समापनका अवसरमा १२ जना किसानलाई सामूहिक रुपमा रकम हस्तान्तरण गरेका थिए ।

नगरभित्रका जमीनको वर्गीकरण गरी उपयुक्त बाली लगाउ प्रोत्साहन गर्ने उद्देश्यले यस्तो अभियान शुरु गरिएको नगरप्रमुख पौडेलले बताए । परम्परागत खेती त्यागेर फलफूल खेती गर्न इच्छुक किसानलाई पहिलो वर्ष उक्त जग्गामा उत्पादन हुने बाली वापतको रकम नगरपालिकाले दिने नीतिअनुसार वितरण गरिएको थियो । नगरपालिकाले जारी गरेको कार्यविधिअनुसार किसानले तीन रोपनीभन्दा बढी जग्गामा फलफूल खेती शुरु गरे प्रति रोपनी रु ४ हजारको दरले रकम प्रदान गर्नेछ ।

‘ जसले खाद्य बाली लगाएपनि उपयुक्त प्रतिफल प्राप्त गर्न सकेका छैनन् उनीहरुलाई सुन्तला खेतीका लागि आकर्षित गर्न यो अभियान थालेका हौँ । अन्य कृषि उपज उत्पादन गर्न इच्छुक किसानलाई पनि यसरी नै उब्जनी बराबरको रकम प्रदान गर्ने तयारी गरिरहेका छौँ’, नगर प्रमुख पौडेलले भने ।

पहाडी भूभाग भएका कारण खाद्य बाली लगाउदा दुःख बढी हुने र उत्पादन कम हुने भएकाले परम्परागत बाली त्यागेर फलफूल खेती गर्नेलाई प्रोत्साहन गर्ने नगरको अभियान सकारात्मक भएको नपा ११ का किसान ओमबहादुर केसीले बताए । उनले १० रोपनी जग्गामा सुन्तला तथा कागती खेती गरिरहेको भन्दै उक्त जग्गामा वर्षभरी दुःख गर्दा पनि ४० हजार आम्दानी हुन नसक्ने ठाउँमा सुन्तला खेती गरेर लाखौँ आम्दानी गर्न सकिने देखेरै यो खेती गरेको बताए ।

प्रतिक्रिया दिनुहोस