९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागलुङमा लगानी भित्र्याउन ठूला उद्यमी इच्छुक

अ+ अ-

गलकोट । बागलुङ जिल्लामा पहिलोपटक ठूला लगानीकर्ता आकर्षित गर्नका लागि लगानी बहस भएको छ । ठूला उद्योगीलाई बागलुङमा आकर्षित गरी रोजगार सिर्जना गर्ने उद्देश्यले बिहीबार साँझ लगानी बहस कार्यक्रमको आयोजना गरिएको हो ।

‘उज्यालो बागलुङ, समृद्ध बागलुङ’ विषयक लगानी बहसमा उपस्थित नेपालकै ठूला तथा स्थापित उद्योगी व्यसायीको उपस्थिति रहेको थियो । लगानी बहसमा बागलुङ जिल्लामा अनेक लगानीको सम्भावना रहेको भन्दै लगानी भित्र्याउनका लागि ठूला उद्यमी इच्छुक रहेको बताएका थिए । लगानीको वातावरण गराउन तीन तहको सरकारले आवश्यक कदम चालेमा जलविद्युत्, केबलकार, स्टार होटल तथा सुपरमार्केट, कृषि उद्योग सञ्चालनका लागि आफूहरु तयार रहेको लगानीकर्ताले बताएका थिए ।

बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा भएको लगानी बहसमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री, नेपालकै ठूला उद्यमी शेखर गोल्छा, चन्द्रप्रसाद ढकाल, मीनबहादुर गुरुङको सहभागितामा लगानी बहस सम्पन्न भएको थियो ।

आजदेखि शुरु हुने छैटौँ बागलुङ महोत्सवको पूर्वसन्ध्यामा लगानी बहसको आयोजना गरिएको हो । सम्मेलनमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले लगानीको वातावरण बनाउन प्रदेश सरकार इच्छुक रहेको भन्दै ढुक्क भएर ठूला उद्योगमा लगानी गर्न लगानीकर्तालाई आग्रह गरे । उनले हरेक व्यवसायीले धैर्य गरेमात्र प्रतिफल प्राप्त गर्न सकिने भएकाले पनि लगानी गर्दा दीर्घकालीन सोचका साथ गर्न आग्रह गरे । ‘सरकारले रातारात परिवर्तन गर्न सक्दैन, एक वर्षमा प्रतिफल पाउन धान रोप्नुपर्छ, उद्योगमा लगानी गरेपछि प्रतिफल पाउन धेरै समय लाग्छ ।’ गुरुङले भने। अहिले प्रदेश सरकारले प्रदेशको सम्भावनालाई उजागर गर्दै पर्यटन, जलविद्युत्, कृषिलगायतको क्षेत्रमा लगानी गरिरहेको बताए । उनले लगानी भित्र्याउनका लागि गण्डकी प्रदेश सरकार तत्पर भएर सहयोग गर्ने बताए ।

लगानी बहसमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा गोल्छा अर्गनाइजेशनका शेखर गोल्छाले नेपालमा राजनीतिक सङ्कटमा समेत ठूला उद्योग सञ्चालनका लागि आफू सफल भएको भन्दै अहिले केही सहज वातावरण बन्दै गएको बताए । उनले बागलुङमा कृषि उद्योगको सम्भावना रहेको बताए । उनले स्थायी सरकार आउँदा उद्यमीलाई सकारात्मक वातावरण मिल्दै गएको बताए । गोल्छाले बागलुङ लगानीको निकै सम्भावना भएको क्षेत्र भएकाले स्थानीयको सहलगानीमा कृषि उद्योग सञ्चालन गर्ने आश्वासनसमेत दिए।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्दप्रसाद्र ढकालले पर्यटनको क्षेत्रमा बागलुङमा लगानी भित्र्याउन आफू तत्पर रहेको बताउँदै सम्भावनको खोजी गरिरहेको जानकारी दिए । आफ्नै गृह जिल्ला भएकाले पनि बागलुङमा केही लगानी गर्ने योजनामा रहेको भन्दै ढकालले केबलकारसहितको चारतारे होटल बागलुङमा राम्रो चल्ने आफूले विश्वास लिएको बताए । उनले पञ्चकोट तथा भैरवस्थानमा केबलकार सञ्चालनका लागि आफूले अध्ययन गरिरहेको बताए ।

यस्तै भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङले आफ्नो सफलताको सूत्र बागलुङका उद्यमीलाई सुनाए । उनले जग्गा व्यवस्थापन भएमा १८ महिनाभित्रै भाटभटेनीको शाखा बागलुङमा सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाए । गुरुङले जिल्लाका व्यवसायीलाई आम्दानी बढाउने उपायका बारेमा जानकारी गराएका थिए । उनले व्यवसाय शुरु गरेपछि सरसफाइमा ध्यान दिनुपर्ने, राष्ट्रप्रति जिम्मेवार बन्नुपर्ने र कडा परिश्रम गरेमा जस्तोसुकै व्यवसाय सफल बन्नेमा शङ्का नरहेको बताए ।

यस्तै लगानीको समस्या चुनौती र सम्भावनाको विषयमा सांसद देवेन्द्र पौडेल, डा सूर्य पाठक, पर्यटन अभियानकर्मी खिमानन्द कँडेललगायतले जिज्ञासा राखेका थिए । लगानी बहसको सहजीकरण प्रभु बैंकका प्रमुख कार्यकारी अशोक शेरचनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस